बाल गायक अग्रजलाई 'मेरी आमा’ बोलको गीतमा प्राज्ञ शान्तिरामको साथ (भिडियोसहित)

बाल गायक अग्रजलाई 'मेरी आमा’ बोलको गीतमा प्राज्ञ शान्तिरामको साथ (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ११, २०७७

 काठमाडौँ । बाल गायकको रुपमा स्थापित अग्रज भट्टराईको स्वरमा  प्राज्ञ,वरिष्ठ गीतकार तथा सङ्गीतकार शान्तिराम राईको  रचना र सङ्गीत रहेको गीत  ‘मेरी आमा’ बोलको गीत सार्वजनिक  गरिएको छ ।

बाल गायक अग्रज भट्टराईको नाममा  सञ्चालित आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा आमाको बारेमा वर्णन गरिएको छ ।

उक्त गीतको शब्द र सङ्गीत शान्तिराम राईको रहेको छ भने र संयोजन आगा लामाले  गर्नु भएको छ ।  

‘मेरी आमा’ गीत बहुप्रतिभाशाली बाल गायक भट्टराईको स्वरमा  रहेको  यो तेस्रो गीत हो । 

 यस अघिसमेत अग्रजको स्वरमा ‘सबै भन्छन्’ र ‘बादलमा बुट्टा’ बोलको गीत सार्वजनिक भएको थियो ।

अग्रज भट्टराईको स्वरमा रहेको गीत  ‘मेरी आमा’ बोलको गीत  यहाँ हेर्न सकिन्छ ।