डिसहाेमद्वारा  साउन २ देखि  ८ गते सम्म २ जना भाग्यशाली विजेताको घोषणा

डिसहाेमद्वारा  साउन २ देखि  ८ गते सम्म २ जना भाग्यशाली विजेताको घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १२, २०७७

ललितपुर ।  'डिसहाेममा  डिलर दाइको डिस्काउन्ट'  योजना  अन्तर्गत  'लाइभ लक्की ड्र' मार्फत २०७७ साउन २ गते देखि  ८ गते सम्म २ जना भाग्यशाली विजेताको छनौट गरेको डिसहाेमले जानकारी  दिएको छ । 

 डिसहाेमले  दिएको जानकारी अनुसार  २०७७  साल साउन २ गते देखि  ८ गते सम्म फण्ड ट्रन्फसरबाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई समावेश गरेर 'लक्की ड्र' सम्पन्न गरेको हो । 

हरेक हप्ताको शुक्रवार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाइलो टिभीमा'लाइभ लक्की ड्र' मार्फत २ जना भाग्यशाली विजेता छनौट हुँदै  आएको छन् 

यो  योजना अनुसार २ जनाले जनही एक लाख  पाउने  भाग्यशाली विजेताहरूले घोषणा गरिएकाे हो  । यो योजना अन्तर्गत श्रावण ९ गते भएको  'लक्की ड्र' बाट डिशहोमको सेट अप बक्सको  CAS ID No. 71906306916, 02519249909   विजेता बन्न सफल हुनु भएको छ । 

विजेताहरूलाई डिशहोमको तर्फबाट बधाई सहित आउने 'लाइभ लक्की ड्र' २०७७ साल साउन १६ गते शुक्रवार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाइलो टिभीमा हुने समेत जानकारी  गराएको छ ।

२०७७ साल साउन ९ गते शुक्रवारदेखि १५ गते   बिहीबार साँझ ५ बजे सम्म डिसहाेमको आधिकारिक विक्रेताहरू मार्फत फन्ड ट्रन्फसर सेवाबाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई साउन  १६ गतेको 'लाइभ लक्की ड्र'मा समावेश गरिने उल्लेख छ । साथै ग्राहकहरूको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरूलाई पनि यो साप्ताहिक लक्की ड्रमा सहभागी गराइने भएको छ । 

फन्ड ट्रन्फसरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न समेत डिसहाेमाले जानकारी  दिएको छ ।