सुर्खेत होराइजन एकेडेमीद्धारा शिक्षक–विद्यार्थीको कोरोना बीमा

सुर्खेत होराइजन एकेडेमीद्धारा शिक्षक–विद्यार्थीको कोरोना बीमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण १२, २०७७

सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिनुभयो । 'विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ', उहाँले भन्नुभयो, 'यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।' प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी गर्नुभयो ।