अफगानिस्तानमा कोरोना भाइरस सङ्क्रमतिको संख्या ३६ हजार २६३ पुग्यो

अफगानिस्तानमा कोरोना भाइरस सङ्क्रमतिको संख्या ३६ हजार २६३ पुग्यो

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १२, २०७७

एजेन्सी । अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  

गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको सो मन्त्रालयले जनाएको छ  । 

 आफगानिस्तानमा गत फेब्रुअरी महिनाबाट कोरोना भाइरसको प्रकोप देखिएको र सो समयबाट हालसम्म यस सङ्क्रमणबाट १ हजार २६९ व्यक्तिको मृत्यु  भईसकेको छ । 

 सङ्क्रमित व्यक्ति मध्ये २५ हजार १९८ जना निको भएर घर फर्किएका छन् ।