के हाम्रै कारणले पृथ्वीमा महाविनाश निम्तिन्छ ?

के हाम्रै कारणले पृथ्वीमा महाविनाश निम्तिन्छ ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण १२, २०७७

घटना र विचारमा डिल्लीजीको आलेख पढेर एक किसिमको उदेक  लाग्यो, जीवन विषयक चिन्तनमा चुरोट सल्काएँ। सोचे आखिर हामी जसलाई जीवन भन्छौ ? त्यो हो के ?? यसको सम्यक परिभाषा के हुनसक्छ अथवा के हुनु पर्ने हो???

 पृथ्वी मा घटेको पहिलो महाविनाश  (mass extinction ) – ‘द ग्रेट ऑक्सीडेशन इभेन्ट’ भन्दा पहिला पृथ्वीमा जीवन थिएन भन्नु उपयुक्त हुन्छ र ? ४ दशमलब ५४ अरब वर्ष पहिला अस्तित्वमा आएको पृथ्वीमा केही समय उपरान्त नै  (झण्डै ४ करोड वर्षमै) प्रचुर मात्रामा पानी उपलब्ध भइसकेको थियो। भनौ ४ दशमलब ५० अरब वर्ष पहिला नै समुद्र अस्तित्वमा आईसकेका थिए । के सौर्यमण्डल लगायत पृथ्वी  बन्नू नै जीवनको प्रारम्भ थिएन र ?

पृथ्वीमा पानीको उपलब्धता जीवनको अर्को चरण थिएन र ? के ती ‘ऑर्गैनिक मॉलिक्यूल्स’ जसबाट abiogenesis ‘लाइफ डोमिन’को प्रारम्भ भयो ,यो ‘लाइफ डोमिन’ जीवन थिएन कि ती ‘कम्पाउण्ड ’ जीवन थिएनन ?  यो ‘सिंगल सेल्ड’ जीवन (ऐरोबिक आर्गनिज्म) ‘फोटोसिंथेसिस’ भन्दा पहिला अथवा ‘रस्टिंग ऐज’ अथवा लेखकले  उल्लेख गरेको ऑक्सीजनको उत्पत्ति एवं बहुलता (सबै एउटै घटना हुन) भन्दा पहिला नै अस्तित्वमा थिएन र ? लेखक स्वयंले  नै साइनो ब्याक्टेरियाले ‘फोटोसिंथेसिस’ अथवा ऑक्सीजन उत्पादन गरेको  लेख्नु हुन्छ। कृपया स्पष्ट पारी दिनुस के ‘फोटोसिंथेसिस’ पछि अस्तित्वमा आएका eukaryotes मात्रै ‘लाइफ डोमिन’ हुन ,त्यसभन्दा पहिलाका prokaryotes   जीवनको परिभाषामा आउदैनन ?

लेखकले  मानिसको व्यवहार र गतिविधिले महाविनाशको  (mass extinction) भय देखाउनु हुन्छ। जंगल काटेर ,समुद्र प्रदूषित गरेर, प्लास्टिकका कारण ,'ग्रीन हाउस ग्यास’ वृद्धिका कारण, नाभिकीय आयुध लगायतका विभिन्न मानवीय गतिविधिको हवाला दिदै विनाश नजिकिदै गएको वर्णन गर्नु हुन्छ लेखक महोदयले आफ्नो लेखनमा ।

डेढ़ दुइ अर्ब वर्षसम्म पृथ्वीलाइ केही हुँदैन।  र, डेढ़  दुइ  अर्ब वर्ष पछि पृथ्वीलाई सूर्यले आफ्नो भोजन बनाउँछ भन्ने भनाइ पनि अनुमान मात्रै हो। हो पृथ्वीका वर्षेनी हामीले अनुभव गर्ने जस्तै अन्य थुप्रै चक्र छन जुन चक्रका बारे आधुनिक विज्ञानलाइ अहिलेसम्म थाहा छैन।  ती चक्र घटित हुन्छन्।  यस्ता कुनै कुनै चक्रमा आधी पृथ्वीमा विनाश र कुनैमा सम्पूर्ण पृथ्वीमा विनाश हुन्छ।  तर पृथ्वीमा हुने यस्ता महाविनाशको सम्बन्ध पृथ्वीमा रहेको कुनै जीवनधारीका क्रियाकलापसंग सम्बंधित  हुन्नन ।

उहाँले लेखमा   विगतमा भएका अनेकौ  (mass extinction) मध्ये झण्डै ६ दशमलब ६ करोड़ वर्ष पहिला भएको (Cretaceous-Paleogene extinction – 66 million years ago )  महाविनाशको मात्रै चर्चा गर्नु भयो। त्यस  लेखको आशय अनुसार पृथ्वीमा भएको सबैभन्दा पहिलो महाविनाश (Ordovician-Silurian extinction – 444 million years ago ) विनाश नभएर ऑक्सीजन उत्पत्ति हुने महान घटना थियो जसले हामी सबैको  ‘लाइफ डोमिन’ को आधारभूमि eukaryotes हुर्किने वातावरण बनायो।


 

पृथ्वीमा घटेको  सबैभन्दा पछिल्लो  महाविनाश जसले डाइनासोर युगको अंत भयो र पृथ्वीको सबैभन्दा पहिलाको महाविनाशका (ऐरोबिक आर्गनिज्मलाइ नष्ट गर्ने) बीचमा अन्य प्रमुख ३ वटा महविनाशका घटना भएका छन। प्रत्येक महविनाशले जीवनको श्रंखला अघि बढेको छ। पहिलोबारे लेखकले ले चर्चा गर्नु नै भएको छ कसरी ‘सिंगल स्ट्रेंथ आरएनए’ कोशिकाको ‘लाइफ डोमिन’ नष्ट भएर ‘मल्टीसेलुलर’मा विकसित भयो।

अन्य ३ वटा महविनाशमा पनि  जीवन नष्ट मात्रै भएको होइन वरन त्यों भन्दा उत्तम ,त्यों भन्दा श्रेष्ठ ‘लाइफ डोमिन’ मा प्रवेश गरेको हो। कुनै महविनाश पश्चात् क्यालशियम बन्यौ, कुनै पश्चात् दांत र नङ्ग्रा बने। पृथ्वीमा घटेका सबै महविनाश जीवनको उत्तरोत्तर प्रगति र विकासका लागि (हो ,निश्चय पनि ‘लाइफ डोमिन’ले अर्को ‘लेभल’मा जम्प गर्न पुरानो ‘लाइफ डोमिन’ नष्ट अथवा मृतप्राय हुनु आवश्यक थियो) घटित भएका थिए।

अब यो मानिसको मूर्खता हो, उ आफुलाइ सर्वश्रेष्ठ ‘लाइफ डोमिन’मा पुगेको ठान्छ। उसलाई लाग्छ अब प्राकृतिक रूपमा विकास हुनु आवश्यक छैन र उ प्रकृतिको ‘एभ्योल्युसन’लाइ नजरअन्दाज मात्रै होइन, रोक्न नै चाहन्छ।

वैज्ञानिक भन्छन्-हामी छैँटौँ प्रलयको (महाविनाश) पर्खाइमा छौँ।

यो छैटौँ प्रलय कसरी हुन्छ ?  मानवीय कारणले हुन्छ कि प्रकृतिले नै यसको ‘मेलोडी’ तयार पार्छ ? धेरै प्रज्ञावान पुरुषहरुले यस प्रश्नको जबाब दिने चेष्टा नगरेका होइनन् तर ती सबै प्रयास बाल कौतुहलभन्दा एक इन्च फरक छैनन्। कारण तिनलाई प्रकृतिको रचनाधर्मिताबारे किञ्चित पनि संज्ञान छैन।

यस पक्तिका अग्रणी नाम स्टीफन हकिन्स हुन् अथवा अहिलेका अति लोकप्रिय लेखक नोभेल हरारी, सबै सतहका पौड़ीबाज़ मात्रै हुन्। मेरो सामान्य जिज्ञासा अथवा तपाईँ विश्वास भन्न सक्नुहुन्छ, यति मात्रै हो-जीवन प्रारम्भ भएदेखि प्रकृतिले ५ पटक mass extinction खपेर पुनः जीवन लहलहाउने सामर्थ्य राख्छ भने छैटौँ पटकमा उसको सामर्थ्य कुन ‘ब्लैक होल’को गुरुत्वाकर्षणले हरिदिन्छ ? जीवन सतत प्रक्रिया हो, विकासक्रम सतत प्रक्रिया हो, प्रकृति अरु केही होइन, अनवरतको विकास प्रक्रिया हो। मनुष्यमा आएर नै यो विकासक्रम पूर्ण भएको भन्ने अज्ञान नै सारा दुश्चिंताको कारण हो। प्रलयका प्रत्येक घटनापछि प्रकृतिले त्योभन्दा श्रेष्ठ जीवनको उत्पत्ति गरेको छ। बुद्धिमा लागेको बिर्को उघारेर हेर्ने हो भने प्रलय विध्वंशको नभएर अझ उत्तम जीवनको सृजन हुने आधार हो। कुनै प्रलयपछि अक्सिजन उत्पत्ति भयो, कुनैले आँखा बने, कुनैले कैल्शियम बनायो,  कुनैले दांत नङ्ग्रा बनाए। प्रकृति पछाडि कहिले फर्किएको छ र ?

विज्ञान यो त भन्छ आजभन्दा ७० हज़ार वर्ष पहिला मानिसका विभिन्न प्रजाति मध्ये ‘होमो सेपियंस’मा बुद्धिको विकास भयो तर यो विकास कसरी भयो भन्नेबारे विज्ञानलाई केही थाहा छैन। यसै घटनाका फलस्वरूप विगत २४ लाख वर्षदेखि पृथ्वीमा विचरण गर्दै आईरहेका मानिसका विभिन्न प्रजाति मध्ये अन्य सबै विलुप्त भए । ‘होमो सेपियंस’को अस्तित्व मात्रै रहेन पृथ्वीभरी उसको साम्राज्य नै स्थापित भयो। के कुनै ठूलो घटना न घटी ‘होमो सेपियंस’ मा बुद्धि पलाएको विश्वास गर्न सकिन्छ ?

साढ़े छ करोड़ वर्ष पहिला Cretaceous–Paleogene extinction event नामक महाविनाश जसले सृष्टिका सबैभन्दा शक्तिशाली प्राणी डायनासोरको अन्त गर्‍यो, यसबाहेकका अन्य कुनै पनि महाविनाशको कारण पृथ्वी बाहिरबाट घटित भएको होइन। यो प्रलय मात्र खगोलीय पिण्ड खस्नाले भएको थियो। अन्य सबै प्रलय पृथ्वीकै आन्तरिक कारणले घटित भएका थिए। २५१ मिलियन वर्ष पहिला भएको ‘द ग्रेट डाइङ’ प्रलयमा पृथ्वीको झण्डै ९६ प्रतिशत जीवन नै सखाप भएको थियो।

यस प्रलयको कारण पृथ्वीमा मिथेन ग्यासको विस्फोट हुनु मानिन्छ। के कसैलाइ थाहा छ -त्योबेला पृथ्वीको जल-थल-नभ सबैलाई विषाक्त गर्ने त्यत्रो मिथेन कहाँबाट आयो ?पर्यावरण प्रदूषण, प्लास्टिक प्रदुषण ,‘ग्लोबल वार्मिंग’, आणविक अस्त्र शस्त्र लगायत आदि मनुष्यजनित कारणले पृथ्वीमा महाविनाश निम्तिने जस्ता बकम्फुसे कुरा गर्नेहरुले जबाब दिनु पर्ने हो, २५ करोड़ वर्ष पहिला त वातावरण बिगार्ने मानिस थिएनन्,  अनि पृथ्वीमा प्रलय हुने गरी मिथेन कहाँबाट आयो ?

होइन मित्र, कुनै पनि विनाशले पृथ्वीको जीवन श्रृंखला समाप्त पार्दैन, जीवनको झन उत्तरोत्तर विकासका लागि प्रलयरूपी सृजनको अभ्यास गर्छ प्रकृतिले र प्रत्येक प्रलयपछि पूर्वमा रहेका भन्दा उन्नत किसिमका जीवन प्रारूप संगठित गर्छ प्रकृतिले।

प्रकृति निष्ठुर अथवा दयालु हुँदैन। यसका सामु मूल्य, ‘भैल्यू’, बलिदान, सुरक्षा, संरक्षण  जस्ता शब्दले कुनै अर्थ राख्दैनन्। प्रकृतिको प्रक्रिया प्रलय- सृजनमा भेद गर्नु मानवीय दृष्टिदोष र लघुतभाष हो। केही ‘लाइफ डोमिन’ नष्ट भएर प्रकृतिले विकासक्रमको नयाँ सोपान छुनु प्रकृतिका लागि नौलो घटना होइन। विगतमा पनि धेरै पटक यस्ता प्रकृतिलीला घटित भएका छन् भविष्यमा पनि भइरहने छन।

समस्या मानवीय दम्भको हो। उ आफुलाई प्रकृतिको सर्वश्रेष्ठ ‘लाइफ डोमिन’ ठान्छ । आफुलाइ नै जीवन ठान्छ,आफु नष्ट भए पृथ्वी नै नष्ट हुने ठान्छ। उ आफ्नो दम्भमा बिर्सिन पुग्छ कुनै ‘सोलर नेबुला’ ले बनेको सौर्यमण्डल लगायत पृथ्वी नै जीवन हो। त्यों नेबुला नै जीवन हो, त्यों नेबुलाको संरचनामा प्रयुक्त भएका अवयव पनि फरक किसिमका जीवन (लाइफ डोमिन ) हुन।

पृथ्वीमा जीवनको प्रारम्भ भएको ४ अरब वर्ष पहिलाको ‘ऐरोबिक आर्गनिज्म’ देखि लिएर मनुष्यसम्मको जीवन प्रारूपमा मनुष्य एउटा प्रारूप मात्रै हो। प्रकृतिलाइ यस प्रारूपबारे थाहा छ कि छैन त्यों सम्म जानने कुनै उपाय छैन। कुनै वैज्ञानिकले हिसाब लगाएका छन प्रकृतिको उत्पत्तिदेखि मनुष्यको उत्पत्तिसम्मको समयलाइ एक घण्टे  फिलिम माने हो भने फिलिममा मनुष्यको ‘एपीरियंस’ ५९ मिनेट ५९ सेकेण्ड पछि भएको हो। र दम्भ हेर्नुस यसको,यो आफ्नो कारणले पृथ्वीमा महाविनाश हुने अथवा आफ्ना प्रयासले महाविनाश रोक्नेसपना हेर्छ।

हो, यो निश्चित हो, पृथ्वी छैठौ महाविनाशको पर्खाईमा छ। तर मनुष्यका कुनै पनि गतिविधिले पृथ्वीमा महाविनाश निम्त्याउन सक्दैन। अरु धेरै के लेखौ, पृथ्वीका मानिसले बनाएका सबैभन्दा विध्वंशकारी मानिने परमाणु बम जसको पुग नपुग संख्या १६ हज़ार रहेको छ । एकै पटक, एकै ठाँउमा सबै विस्फोट गर्दा पनि पृथ्वी एक इन्च पनि यता उति हुँदैन। 'ग्लोबल वार्मिंग',जल प्रदुषण ,वायु प्रदुषण ,प्लास्टिक प्रदुषण ,वन विनाश , ओज़ोन प्वाल ,मीथेन वृद्धि ,जल संकट ,लगायतका आदि यावत विषय 'एनजीओ'हरुका गरी खाने मेलो मात्रै हुन।

डेढ़ दुइ अर्ब वर्षसम्म पृथ्वीलाइ केही हुँदैन।  र, डेढ़  दुइ  अर्ब वर्ष पछि पृथ्वीलाई सूर्यले आफ्नो भोजन बनाउँछ भन्ने भनाइ पनि अनुमान मात्रै हो। हो पृथ्वीका वर्षेनी हामीले अनुभव गर्ने जस्तै अन्य थुप्रै चक्र छन जुन चक्रका बारे आधुनिक विज्ञानलाइ अहिलेसम्म थाहा छैन।  ती चक्र घटित हुन्छन्।  यस्ता कुनै कुनै चक्रमा आधी पृथ्वीमा विनाश र कुनैमा सम्पूर्ण पृथ्वीमा विनाश हुन्छ।  तर पृथ्वीमा हुने यस्ता महाविनाशको सम्बन्ध पृथ्वीमा रहेको कुनै जीवनधारीका क्रियाकलापसंग सम्बंधित  हुन्नन ।