सुन आज प्रतितोला ९८ हजार २०० !

सुन आज  प्रतितोला ९८ हजार २००  !

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १३, २०७७

काठमाडाैँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा२०७७ साउन १३ मंगलबार  पनि अप्रत्याशितरूपमा बढेको छ ।

गत शुक्रबार प्रतितोला ५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा मंगलबार  दुई हजार ४०० ले वृद्धि भएको छ । मंगलबार   बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७६० निर्धारण गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य  एक हजार २४५ कायम भएको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य  १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।