सत्र विदेशी एयरलाइन्सले तिरेनन् बक्यौता, चार करोड चौरासी लाख उठ्न बाँकी

सत्र विदेशी एयरलाइन्सले तिरेनन् बक्यौता, चार करोड चौरासी लाख उठ्न बाँकी

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ७, २०७५

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् ।

ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रूपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन । नेपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलाइन्स सम्पर्कविहीन छन् ।

बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ, (विमान), एयर नेभिगेसज (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो । बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावलीले विमानस्थल प्रमुुखलाई दिएको खबर कान्तिपुर दैनिकमा छ ।