ढुङ्गा लागेर मृत्यु

ढुङ्गा लागेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १३, २०७७

चरिकोट । दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका–४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

घरमा नै काम गरिरहेकी थामीलाई घरमाथि पाखाबाट लडेर आएको ढुङ्गाले लागेको थियो । उद्धार गरी उपचारको लागि अस्पताल पठाउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । पाँच सय मिटर माथिबाट आएको ढुङ्गाले लागेर थामीको टाउको खट्टामा गहिरो चोट लागेको थियो ।