खुसी हुने देशको सूचीमा नेपाल एक सय नम्बरमा, फिनल्याण्ड पहिलो

खुसी हुने देशको सूचीमा नेपाल एक सय नम्बरमा, फिनल्याण्ड पहिलो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ७, २०७५

काठमाडौं । विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष नेपाल १०० औं नम्बरमा परेको छ ।

यो सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् । 

यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड,  स्वीडेन, न्युजिल्याण्ड, क्यानडा र अस्ट्रेलिया रहेको खबर कान्तिपुर दैनिकमा खबर छ ।