बन्दाबन्दीमा एक करोड ३४ लाख राजश्व

बन्दाबन्दीमा एक करोड ३४ लाख राजश्व

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १३, २०७७

तनहुँ । कार्यालयले सोही अवधिमा सवारी कारवाहीबाट रु एक करोड ३४ लाख ५१ हजार राजश्व सङ्कलन गरेको छ । नियम उल्लङ्घन गरी चलाइएका २१ हजार १५० सवारीसाधनलाई कारवाहीस्वरुप उक्त राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  

छ हजार ३५२ मोटरसाइकल/स्कूटर कारवाहीबाट रु ४६ लाख चार हजार, पाँच हजार दुई सय ६१ ट्रक/टिप्पर कारवाहीबाट रु ३१ लाख १९ हजार, चार हजार ४११ बस कारवाहीबाट रु २६ लाख २७ हजार, चार हजार २१८ कार जीप कारवाहीबाट रु २५ लाख ७९ हजार पाँच सय तथा आठ सय आठ ट्रयाक्टर कारवाहीबाट रु पाँच लाख आठ हजार पाँच सय राजश्व सङ्कलन भएको छ ।

कार्यालयले गत आव ०७५/७६ मा रु एक करोड ६६ लाख ९४ हजार पाँच सय र आव ०७४÷७५ मा रु एक करोड ६९ लाख २६ हजार पाँच सय राजश्व सङ्कलन भएको थियो ।