कर्मचारी रिझाउन तलब बढाउँदै स्थानीय तह

कर्मचारी रिझाउन तलब बढाउँदै स्थानीय तह

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ७, २०७५

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रूपमा कर्मचारीको तलब वृद्धि र बढुवा गरेका छन् । 

ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेका हुन् । विद्यमान कानुनअनुसार जनप्रतिनिधिलाई कर्मचारीको तलब र तह बढाउने अधिकार छैन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले कर्मचारीको सेवा सुविधा बढाउने नगरपालिकाको निर्णय गैरकानुनी भएको बताएको खबर अन्नपूर्ण दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् ।