साउने व्रतमा खुट्टाको जल खाने सन्दर्भ : पितृ सत्तालाई टिकाइ राख्ने गलत परम्पराको निरन्तरता
श्रावण १३, २०७७

गत साल पत्रकार क्रृषि धमलाकी पत्नी एलीजा गौतमले आफ्ना पतिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै धेरै नै टिका टिप्पणी भयो । पत्नी एलिजाले आफ्नो श्रीमान् लाई निकै सम्मान गर्ने गरेकोले हिन्दु संस्कार तथा परम्परा अनुसार आफ्नो पतिको गोडाको जल खाएको प्रतिक्रिया दिइन् । पत्तिलाई ढोग्ने या नढोग्ने अथवा पत्तिको गोडाको जल पिउने या नपिउने भन्ने कुरा अत्यन्त निजी कुरा हो । तर यो काम गलत भने पक्कै हो  । तर कसैले स्वेच्छाले हरेक दिन पत्तिको खुटा ढोगेर मात्र आफ्नो दिनको शुरुवात गर्छु भन्यो भने यो उसको आफ्नो निजी मामला हो । तर सार्वजनिक पदमा रहेका र सार्वजनिक व्यक्ति भइसकेका मानिसले भने  यस्तो क्रियाकलाप गर्छन् भने सार्वजनिक बहसको विषय र जनताले मूल्याङ्कन अवश्य गरिरहेका हुन्छन् ।

हाम्रा बज्यैहरूको पालामा बज्यैले, बिहान उठेर सबेरै आफ्नो श्रीमान् को  खुटा ढोग्नु पर्ने अनि पानी खानुपर्ने एक खालको परम्परा नै रहेको सुनाउनु हुन्थ्यो । यसै गरी बिहान उठेर नुहाई धुहाइ गरिसकेपछि सासुआमा र आमाजूको खुट्टा ढोग्नु पथ्र्यो भनेर आमाले सुनाउनु भएको सम्झना अझै ताजै छ । समयको क्रमसँगै यस्ता समाजमा रहेका गलत क्रियाकलापहरू आफैँ हट्दै गएका छन् । कोही मानिस प्रति निकै श्रद्धा लाग्छ भने हाम्रो शिर आफै  निहुरिन्छ । विद्या सिकाउने गुरु होस् वा कर्म सिकाउने गुरु होस्, हाम्रो शिर श्रद्धाले यत्तिकै निहुरिन्छ । श्रीमान्, श्रीमतीको सम्बन्ध भनेको एकले अर्कालाई माया र विश्वासमा टिकेको सम्बन्ध हो । यो बराबरीको सम्बन्ध हो । श्रीमान् ठुलो अनि श्रीमती सानो हुने भन्ने होइन । त्यसैले श्रीमान् को खुट्टा ढोग्ने, अनि श्रीमान् को गोडाको जल खाने परम्परा हामी आफैले तोड्नु जरुरी छ । यसले असमानता, विद्रोह र विभेद र दासत्व जीवन व्यतीत गर्न मद्दत पुग्दछ । 

महिला मात्र बस्ने व्रत हो भनेर कहीँ कतै लेखिएको छैन र महिलाले व्रत लिनु नै पर्छ भन्ने अनिवार्य पनि छैन । जीवन व्यतीतका क्रममा मैले यस्ता धेरै पुरुष देखेको छु जसले, सोमवारका दिन लसुन प्याज, माछा मासु र अन्न केही खाँदैनन् । भगवान् शिव प्रति भक्ति भाव राख्छन् । व्रत बस्ने नबस्ने नितान्त निजी मामला हो । कोही निराहार व्रत बस्छन् भने कोही फलफूल खाएर र कोही सक्दै सक्दैनन् भने लसुन प्याज, माछा, मासु खाँदैनन् तर एक छाक शाकाहारी भोजन गरेर व्रत बस्छन् । 

समाजशास्त्रीहरु भन्ने गरेका छन्– पितृ सत्ताले महिलालाई पुरुषको खुट्टा ढोग्नुपर्ने नियम बनाएर महिलालाई कमजोर अनि दास र परनिर्भर बनाइरहेको छ । महिलाले पुरुषको हरदम सेवा मात्र गर्नु पर्ने चलनले महिलालाई सेवा दिने सेवकको भूमिकामा सीमित राख्न मदत गरेको छ । श्रीमान्ले आफ्नो श्रीमतीलाई खुट्टा ढोग्न लगाउनु भनेको श्रीमतीबाट श्रीमान्  ले  सधैँ सम्मान खोजेका हुन् । अनि श्रीमान्, श्रीमती भन्दा सधैँ ठुलो हो भन्ने जनाउनु हो । पित्रृसत्ताले नै पतिलाई परमेश्वरको रूप दिएको छ त्यसैले महिलाले सदियौँ देखि आफ्नो श्रीमान्लाई परमेश्वरकै रुपमा मान्दै आएका छन् ।

व्रत बस्नु र नबस्नु नितान्त व्यक्तिगत मामला हो । व्रत कसैको दबाब र कुरा नबुझी बस्नु नै हुँदैन ।  सानो उमेरमा धेरै महिलाहरू व्रतको महिमा र अर्थ नबुझी लहलहै बस्ने गर्छन् । कोही रहरले बस्छन्, कोही रातो सारीमा सजिने रहर वा सोख भएर र कोही यो साउनको महिनामा हरियो चुरा र हरियो नै पोसाकमा सजिन मन लागेर पनि व्रत बस्छन् भने कोही भगवानसँग आफ्ना इच्छा आकाङ्क्षा पूरा होस् भनेर पनि व्रत बस्ने गरेको पाइन्छ ।  हरेक वर्ष साउन महिनामा महिलाले लिने गरेको व्रतको विषयलाई लिएर निकै नै चर्चा  र परिचर्चा  हुने गरेको छ ।  जे होस् व्रत लिने कि नलिने भन्ने निर्णय व्यक्ति स्वयंले गर्ने कुरा हो र उसैको इच्छामा भर पर्ने कुरा हो । 

हिन्दु धर्मशास्त्रमा उल्लेख भए अनुसार पूजा आराधना गर्नुलाई राम्रो मानिन्छ । भगवान् प्रति आस्था र विश्वास हुनेले पूजा आराधना गर्छन्, भक्ति भाव राख्छन् । तर आस्था नहुनेलाई यो कुनै कुराको वास्ता हुँदैन । वास्ता नराख्दैमा मानिस अधर्मी हुने पनि होइन । व्रतको कुरा गर्दा, विशेष गरी साउन महिनाको व्रत, श्रीमान् को सुस्वास्थ्य अनि दीर्घायुसँग जोडिने गर्छ । तर बुझ्नु पर्ने कुरा के हो भने अरूको दीर्घायुको कामना गर्नको लागि सबभन्दा पहिले आफै नै निरोगी हुनु जरुरी छ र भगवानग आफ्नो सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु जरुरी छ । हामीलाई निकै माया गर्ने, कुरा बुझ्दिने कोही मानिस छन् भने उसको मृत्यु हुँदा हामी कति दुःखी हुन्छौ, यो सब हामीले अनुभव गरेको कुरा हो ।

हामी सबैलाई प्राय नजिकका कोही पनि मानिस आफूसँग टाढा नभइदियोस् भन्ने लाग्छ । श्रीमान् श्रीमती मिलेर बसेका छन्, एकले अर्कालाई माया गर्छन् भने एकले अर्काको दिर्घायूको कामना गर्नु स्वाभाविक पनि हो । तर व्रत बसेका बेला श्रीमानको गोडाको जल खानु, अनि गोडामा ढोग्नु भनेको, श्रीमानु लर् आफ्नी श्रीमतीलाई जीवन साथी यान कि ‘लाइफ पार्टनर’को रुपमा स्वीकार नगर्नु हो । यदि कोही पनि श्रीमान् ले गोडाको पानी खुवाउँछ भने आफ्नो श्रीमतीलाई दास बनाइरहेको छ भनेर बुझ्दा हुन्छ । अनि यसले श्रीमान् सधैँ एक कदम माथि अनि श्रीमती एक कदम तल देखाउने अभ्यास हो  । यसले समानता नभई असमानता खडा गर्छ । अनि श्रीमान् को गोडाको जल खाँदा महिला सधैँ निच रहन्छिन् । व्रत बस्दा गोडाको जल खानु जरुरी छैन र खानु हुँदैन पनि । 

 विशेष गरी साउनको महिना भगवान् शिवलाई मन पर्ने महिना हो । साउन महिना, भगवान् शिव र प्रकृतिसँग पनि केही सम्बन्ध रहेको पाइन्छ । साउन महिनामा प्रशस्त पानी परेको हुन्छ । हाम्रा वरपरका वातावरण पनि हरिया र निकै रमाइलो हुने गर्छन् । साउन महिनामा हरियो चुरा लगाउनु आवश्यक छैन । तर हाम्रा वरपर रुख रोप्न जरुरी छ । हरिया सागपात खान जरुरी छ । यस्तो भयो भने प्रकृति निकै नै आकर्षक र लोभ लाग्दा हुन्छन् । आफू बस्ने वरपर वातावरण राम्रो भयो भने यसले हाम्रो स्वास्थ्यमा सकारात्मक ऊर्जा भर्ने काम भने गर्छ ।

जहाँसम्म साउनको सोमवारको व्रतको कुरा छ,  महिला मात्र बस्ने व्रत हो भनेर कहीँ कतै लेखिएको छैन र महिलाले व्रत लिनु नै पर्छ भन्ने अनिवार्य पनि छैन । जीवन व्यतीतका क्रममा मैले यस्ता धेरै पुरुष देखेको छु जसले, सोमवारका दिन लसुन प्याज, माछा मासु र अन्न केही खाँदैनन् । भगवान् शिव प्रति भक्ति भाव राख्छन् । व्रत बस्ने नबस्ने नितान्त निजी मामला हो । कोही निराहार व्रत बस्छन् भने कोही फलफूल खाएर र कोही सक्दै सक्दैनन् भने लसुन प्याज, माछा, मासु खाँदैनन् तर एक छाक शाकाहारी भोजन गरेर व्रत बस्छन् । 

आधुनिक र आर्यूवेदीक दुबै चिकित्साले शाकाहारी भोजनलाई निकै नै राम्रो मानेको छ । तामसिक र राजसी भोजन शरीरलाई पचाउन गाह्रो हुने भएकोले यस्तो खाना खानु भन्दा शाकाहारी खाना खानु निकै राम्रो मानिएको हो । हामीले खाएको खाना अनुरूप नै हाम्रा सोच र बिचार बन्ने भएकाले खानामा ध्यान दिनु अति नै आवश्यक छ । साउनको महिना विशेष गरी वर्षातकको समय भएकाले तामसिक र राजसी भोजन गर्दा झाडापखाला लाग्ने अनि बिरामी होइन सम्भावना धेरै हुन्छ । साउन महिनामा मात्र नभएर हरेक दिन शाकाहारी भोजन गर्ने मानिसहरू बढी फुर्तिला र निरोगी  हुन्छन् । मांसाहारी मानिसले भन्दा शाकाहारी मानिसले धेरै काम गर्न सक्छन् । 

त्यस कारण पितृ सत्तालाई टिकाइराख्न बनेका केही गलत नियमहरू हामी आफैँले तोड्नु जरुरी छ । खुट्टाको जल खुवाइदैंमा कोही पनि पुरुष परमेश्वर बन्न सक्दैनन् । बरु यस्ता गलत नियम अनुसरण गर्न लगाइयो भने मानिस परमेश्वरको सट्टा दानव बन्न सक्छ । धर्म संस्कृति र परम्परा अनुसरण गर्ने नाममा महिलालाई दास बनाउन उद्यत यस्ता गतिविधिलाई व्यक्तिगत रुपमा नै रोक लगाउन जरुरी छ ।