बाँके खोलामा झोलुङ्गे पुल निर्माण

बाँके खोलामा झोलुङ्गे पुल निर्माण

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १४, २०७७

जलेश्वर । महोत्तरी र सर्लाहीको सीमा भएर बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि दुई जिल्लावासी लाभान्वित भएका छन् । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका महोत्तरी र सर्लाहीका बासिन्दा बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाएका छन् ।

दुई जिल्लाको सीमामै बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि महोत्तरीको सोनमा गाउँपालिका र सम्सी गाउँपालिका तथा गौशाला नगरपालिका त्यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिकाका गरी २० गाउँका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका  बताइएको छ । 

वर्षाैं देखिको दुई जिल्लावासीको समस्याप्रति गम्भीर हुँदै सर्लाहीको हरिपुर्वा नगरपालिकाले बाँके खोलामा एक करोड ७३ लाख रुपैयाँको लागतमा १७४ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको छ भने सो पुल गोरखा बाजिरो जेभी काठमाडौँले निर्माण गरेको हो ।