भवन शिलान्यास

भवन  शिलान्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७७

चितवन । भरतपुर महानगरपालिका–१० को नयाँ भवन आज शिलान्यास गरिएको छ । महानगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको छ । 

जिल्ला समन्वय समितिले उपलब्ध गराएको जग्गामा भवनको शिलान्यास गरिएको हो । दुई हजार ३१९ वर्ग फिटको सो भवन २०७७ साल चैत १० गते सम्पन्न गर्ने गरी धुलिखेल निर्माण सेवा वानेश्वरले जिम्मा लिएको हो । एक करोड ५७ लाख १३ हजार ४०० रुपैयाँमा निर्माण सम्पन्न हुनेछ । दुईतले सो भवनमा छ कोठा र एउटा सभाहल रहने महानगरपालिकाका डिभिजन इन्जिनीयर रत्न लामिछानेले जानकारी दिनुभयो ।