पर्यटकीय क्षेत्र दामनका होटल खुले

पर्यटकीय क्षेत्र दामनका होटल खुले

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण १५, २०७७

मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल चार महिनाको बन्दाबन्दीपछि आजदेखि खुलेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनुभयो । 

सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५  गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार आजबाट दामनका होटल खुलेका हुन् ।

एशोसिएशनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एशोसिएशनमा आवद्ध होटल स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । वर्षायाम भएको र अझै लामो दूरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको सङ्ख्या कम हुने भएपनि आन्तरिक पर्यटनमा सहयोग पुर्‍याउन होटल पुनःसञ्चालनमा ल्याइएको एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले बताउनुभयो ।