चुनावअघि थिएटरमा ‘पिएम नरेन्द्र मोदी’

चुनावअघि थिएटरमा ‘पिएम नरेन्द्र मोदी’

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र ७, २०७५

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनकथा समेटिएको फिल्म ‘पिएम नरेन्द्र मोदी’ चुनावअघि ‘रिलिज’ हुने भएको छ ।

फिल्मका निर्माता–निर्देशकले चुनावअघि नै फिल्म ‘रिलिज’ गर्ने बताएका छन् । 

‘दर्शकहरूमा फिल्मबारे अत्यन्तै उत्साह देखिएकाले हामीले निर्धारित कार्यक्रमभन्दा एक साताअघि नै फिल्म प्रदर्शन गर्न लागेका हौं,’ निर्माता संदीप सिंहले भने । 
यसअघि अप्रिल १२ मा फिल्म ‘रिलिज’ गर्ने बताइएको थियो । तर, निर्वाचन आयोगले अप्रिल ११ मा पहिलो चरणको चुनाव गर्ने मिति तय गरेपछि त्यसअघि नै फिल्म ‘रिलिज’ गरिन लागिएको हो । 

फिल्ममा विवेक ओवरायको मुख्य भूमिका छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदीका नौ वटा ‘लुक’मा अभिनय गरेका छन् । 

यस्तै, फिल्ममा बोमन इरानी, बरखा विष्ट, मनोज जोशी, प्रशान्त नारायण, राजेन्द्र गुप्ता, जरीना बहाव र अंजन श्रीवास्तवको मुख्य भूमिका छ । फिल्मको निर्देशन उमंग कुमारले गरेका छन् । 

- एजेन्सीको सहयोगमा