सुनको रेकर्ड मूल्य, तोलाको ९९ हजार

सुनको रेकर्ड मूल्य, तोलाको ९९ हजार

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १५, २०७७

काठमाडौं । आज बिहीबार (साउन १५ गते)  सुनको मूल्य तोलाकाे ९९ हजार पुगेर पहे‌ंलाे धातुले ऐतिहासिक रेकर्ड कायम गरेको छ। 

बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य बुधबार थियो।

आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।

कोरोना महामारी ९कोभिड(१९०का कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।