पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघ्यो

पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघ्यो

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १५, २०७७

एजेन्सी ।  पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । 

पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको कारण १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ । ल्याटिन अमेरिकी देश ब्राजिल र मेक्सिकोपछि कोभिड १९ को सङ्क्रमितको संख्या पेरुमा बढी रहेको छ  । 
गत २४ घण्टामा पेरुमा कोरोना भाइरस सङ्क्रमणको कारण २०४ व्यक्तिको मृत्यु भएको र पाँच हजार ६७८ व्यक्तिको थप सङ्क्रमित भएका छन् । यो संख्या गत जुन १२ पछिको सवभन्दा बढी भएको समाचारमा जनाइएको छ । 

पेरुले राजधानी  लिमालगायत देशका कैयौ क्षेत्रहरूमा गत  जुलाई १ देखि राष्ट्रव्यापी लकडाउन हटाइएको थियो ।