बागमती प्रदेश प्रहरी कार्यालयको बहुउद्देशीय भवन शिलान्यास

बागमती प्रदेश प्रहरी कार्यालयको बहुउद्देशीय भवन शिलान्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७७

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रदेश कार्यालयको परिसरभित्र निर्माण हुने कभर्ड हल (बहुउद्देशीय भवन) को बिहीबार आयोजित एक कार्यक्रमबिच शिलान्यास गर्नुभएको छ । 

प्रहरी समायोजन पश्‍चात प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा कार्य गर्नुपर्ने भएको हुँदा बिभिन्न उद्देश्यले आयोजना हुने आन्तरिक गतिविधि (प्रशिक्षण, सभा, गोष्ठी) लगायत खेलकुद सम्बन्धी कार्यक्रम संचालन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त कभर्ड हलको निर्माण गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयको आन्तरिक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण थालनी गरिएको कभर्ड हलको अनुमानित लागत ८४ लाख रुपैयाँ रहेको जनाइएको छ ।