भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण १६, २०७७

बाजुरा । बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने २८ वर्षीय माने खडकालाई १ थान लोड भएको भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

खड्काले आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खडकालाई घरमा लुकाई राखेको उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।