तीन किलो गाँजासहित २ जना पक्राउ

तीन किलो गाँजासहित २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण १६, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित काठमाडौं पेप्सीकोला बस्ने धादिङ गजुरी घर भएका ३४ वर्षीय निरज तामाङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।