छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १६, २०७७

काठमाडौं । चितवन, सर्लाही र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।     

चितवनको राप्ती नगरपालिका-५ भण्डारा चोकस्थित सडकमा बा.३ ख १५४७ नम्बरको बसले प्रदेश ३-०-००१ प ६३२५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिंदा स्कुटरमा सवार ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी हवल्दार अर्जुन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।     

सर्लाही, कबिलासी नगरपालिका-७ सिरसिया र गैरको विचमा गैरबाट मलंगवातर्फ जाँदै गरेको प्रदेश २-००-३०० प ८५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय सिया शरण पासवानको बिहीबार मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङ, बुढीगमगा गाउँपालिका-२ स्थित सडकमा बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख ६९५२ नम्बरको बस अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा हाल नाम थर वतन नखुलेका बसका चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।      
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।