पानीमा डुबेर मृत्यु

पानीमा डुबेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १६, २०७७

काठमाडौं । ईलाम, देउमाई नगरपालिका-४ मजुवास्थित सार्की खोलामा डुबेर सोही नगरपालिका-२ पुङफुङ बस्ने ७२ वर्षीया सञ्च रानि लिम्बुको बिहीबार मृत्यु भएको छ । देउमाई नगरपालिकाको कार्यालयमा बृद्धभत्ता लिन गई घर फर्कने क्रममा उक्त खोलामा डुबेर उनको मृत्यु भएको हो । 

कैलाली, भजनी नगरपालिका-८ जनकपुर बस्ने रमेश चौधरीको ११ वर्षीय छोरा स्केल चौधरीको घर नजिक रहेको कुलोमा डुबेर मृत्यु भएको छ । घरबाट कालिका मन्दिर जाने क्रममा बुधबार साँझ कुलोमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार सोही नगरपालिका-८ स्थित गैरीखोलाको झ्याङमा उनको शव फेला पारेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।