मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण १६, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित राम मन्दिर नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

मुस्ताङ, थासाङ गाउँपालिका-२ खन्तीस्थित कालीगण्डकी नदी किनारमा रुकुम उत्तरगंगा गाउँपालिका-७ घर भई हाल मुस्ताङ घरपझोङ गाउँपालिका-४ जोमसोम डेरा गरी बस्ने भिम प्रसाद कामीको १५ वर्षीया छोरा सुनिल कामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

जाजरकोट, भेरी नगरपालिका-३ स्याला बस्ने ५३ वर्षीया दुर्पती सुनार सोही ठाउँस्थित बाझो पाखो जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । आफ्नै घरबाट मंगलबारदेखि हराई वेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।