विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण १६, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ६७ वर्षीय दिपक रत्न तुलाधरको घरबाट नगद,  सुन तथा चाँदीका विभिन्न गरगहनाहरु,  तामाको थाल १० थान र अन्य सामानहरु समेत गरी करिब १२ लाख २ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ । 

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।