डिशहोमको सामाजिक उत्तरदायित्व : सिन्धुपाल्चोकका पहिरो पीडित २८ घर परिवारलाई ४ लाख बाढीको राहत

डिशहोमको सामाजिक उत्तरदायित्व : सिन्धुपाल्चोकका पहिरो पीडित २८ घर परिवारलाई ४ लाख बाढीको राहत

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७७

सिन्धुपाल्चोक ।  डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानीयहरू लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पीडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरूप उपलब्ध गराइएको छ । डिशहोमका स्थानीय वितरक र प्रतिनिधि पहिरोबाट अति प्रभावित जम्बुसम्म पुगेर उक्त सहयोग रकम स्थानीय परिवारहरू लाई उपलब्ध गराइएको छ । 

सामाजिक उत्तरदायित्व लाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ । एसइई तयारी कक्षा देखि लकडाउनको समयमा बिद्यार्थिहरुको पढाइमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रसारण गरिरहेको छ । 

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृश्य सँगै सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तीव्र रुपमा अगाडी बढाइरहेको छ ।