परिवर्तन

परिवर्तन

रबान मंसुरी(रबु)  |  साहित्य  |  श्रावण १७, २०७७

परिवर्तन समयको बाटो हो
जसरी समय कहिले रोकिदैन 
परिवर्तन पनि सधैं भइरहन्छ

परिवर्तन जीवनको चाल हो
जीवनभन्दा पहिलेको 
र मृत्यु पछिको परिवर्तन  बिल्कुलै अदृश्य हुन्छ
बाँकी  सबै परिवर्तन
देख्न, बुझ्न र महसुस गर्न सकिन्छ

 आँखाले देख्ने सबै परिवर्तनहरू
आँखाले नदेख्ने परिवर्तनबाट हुन्छ 
त्यो मनको परिवर्तन हो

परिवर्तनले धेरै कुरा याद राख्न बाध्य बनाउँछ
धेरै कुरा बिर्सन पनि
परिवर्तनले गर्दा नै 
हामी आज यहाँ छौं 
भोलि  यहाँबाट हराउनेछौं