नेपाली मिडिया किन मोदीप्रति असहिष्णु छन् ?

नेपाली मिडिया किन मोदीप्रति असहिष्णु छन् ?

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र ७, २०७५

नेपाल र भारतबीचको सम्बन्ध सधैं उतार–चढावपूर्ण रहेको पाइन्छ । यसो हुनुमा विगतका भारत सरकारको अस्पष्ट नीति, नेपालमा वामपन्थी तथा पंचायती व्यवस्थाद्वारा निर्मित भारत विरोधी धारणा र अन्तर्राष्ट्रिय गिरोहहरूको चक्रव्युह नै मूल कारण हुन सक्छन् । 

मूलभूत रूपले नेपाली समाज भारत विरोधी बन्नुमा भारतमा लामो समय राज गरेको कांग्रेस सरकारको छिमेकी राष्ट्रहरूप्रति हेर्ने हेपाहा दृष्टिकोण नै मुख्य कारण हो भन्नुमा दुई मत हुन सक्दैन् । 
विगतमा भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माइक्रो म्यानेजमेण्टद्वारा नेपालको नीति निर्माणमा हस्तक्षेप गरेको जगजाहेर छ । जसका कारणले नेपालको कुनै पनि राजनीतिक घटनाक्रममा भारतीय गुप्तचर एजेन्सी ‘रअ’माथि शंका गर्ने गरिन्छ । आफैंले आतंकवादी घोषणा गरेको माओवादी विद्रोहलाई भित्रभित्रै सहयोग गरी बाह्र बुँदे सम्झौतासम्म पु¥याउनमा भारतको प्रत्यक्ष संलग्नताले नेपालमा भारतले समयसमयमा हस्तक्षेप गरेको प्रमाणित गर्छ । 

नेपालमा जस्तै भारतमा पनि सरकार परिवर्तन हुँदा नेपालप्रतिको भारतीय नीतिमा सामान्य परिवर्तन आएको देख्न सकिन्छ । इन्दिरादेखि राजिव गान्धीको समयसम्म नेपालप्रति जति कठोर नीति थियो, त्यति कठोर नीति विश्वनाथ प्रताप सिंह, चन्द्रशेखर, इन्दर कुमार गुजराल तथा अटल विहारी वाजपेयीको शासन कालमा देखिएन । 

तर, सन् २००४ देखि २०१४ सम्म कांग्रेस गठबन्धनको युपिए सरकारले दोहोरो चरित्र अपनाई नेपालको राष्ट्रियता, धर्म, संस्कृतिमाथि प्रहार गर्यो । समयक्रममा सन् २०१४ को चुनावमा युपिए गठबन्धन पराजित भयो र एनडिए नेतृत्वको सरकारको नेतृत्व गर्दै नरेन्द्र मोदीको उदय भयो । 

युपिएको पुरानो विचारधाराबाट संचालित नेपालको सरकारले अप्रत्यासित रूपमा उदय भएको नरेन्द्र मोदीको सरकारसँग तालमेल गर्न सकेन । २०७२ सालमा जारी संविधानप्रति भारतको आपत्तिले नेपाल र भारतबीचको सम्बन्ध पुनः कटुतापूर्ण हुनपुग्यो । यसको प्रतिशोध स्वरूप अघोषित रूपमा भारतले गरेको नाकाबन्दीले गर्दा नेपाली समाज भारत अर्थात् नरेन्द्र मोदीसँग रुष्ट हुनपुग्यो । 
नेपाल भारत सम्बन्धलाई राम्ररी बुझ्न भारत पाकिस्तानको विभाजनलाई पनि बुझ्न जरुरी छ । सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भई ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भए । सन् १९४० ताका भारत स्वतन्त्रता आन्दोलनको उच्चतम अवस्थामा नै मुस्लिम राज्यको मागसहित हिंस्रक आन्दोलन चर्केको थियो । 

नेपाली मिडियालाई भारतको आन्तरिक राजनीति तथा लफडाबाजीमा सरोकार राख्न जरुरी छैन । तर, उदेकलाग्दो नेपाली मिडिया बुझ्दै नबुझी मोदी विरोधी मिडियाबाट प्रक्षेपित सामग्रीलाई आधार मानी मोदीको विरोध गर्न पुग्छन्, जस्तैट्ः एनडिटिभी, एबिपी न्युज, आजतक जस्ता न्युज च्यानल तथा वायर, टाइम्स अफ इण्डिया, द हिन्दू, अमर उजाला आदि पत्रिकामा सम्प्रेषण भएका सामग्रीका आधारमा मोदीबारे समाचार बनाउन पुग्छन् ।

यसै अवस्थालाई प्रयोग गरी ब्रिटिस शासकले हिन्दू र मुस्लिम धर्मको आधारमा हिन्दूस्तान र पाकिस्तान नामक राष्ट्र विभाजन गरेको थियो । 

पाकिस्तान मुस्लिम राष्ट्रको रूपमा आए तापनि त्यसबेला सिन्ध र पंजाबमा बहुसंख्यक हिन्दूहरू नै थिए । तर, उग्र धार्मिक दंगाको कारण बहुसंख्यक हिन्दू भारततिर पलायन भए । र, लाखौं मारिए । कति पंजाबी त धर्म परिवर्तन गर्न बाध्य भए । त्यसबेला सिन्ध र पंजाबमा सिन्धी र पंजाबी भाषा बोलिन्थ्यो । तर, जबर्जस्ती पाकिस्तानमा उर्दूलाई राष्ट्रिय भाषाको रूपमा स्थापना गरियो । त्यसबेलाको पूर्वी पाकिस्तान, हालको बंगलादेशमा बंगाली भाषीको बाहुल्यता थियो । भाषागत दमन गर्न खोज्दा सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र राष्ट्र हुनपुग्यो । 

भारत र पकिस्तानबीचको सम्बन्ध बुझ्न काश्मिरको विषयलाई बुझ्नु जरुरी हुन्छ । सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र हुँदा काश्मिर स्वतन्त्र राष्ट्र थियो । बहुसंख्यक जनता मुसलमान भएता पनि काश्मिरमा हिन्दु राजा हरि सिंहले राज्य गर्थे । बहुसंख्यक मुसलमान भएकाले काश्मिर पाकिस्तानको अधिनमा रहनुपर्छ भन्ने मान्यता स्वरूप पाकिस्तानले मुस्लिम लडाकु मुजाहिद्दिनद्वारा आक्रमण गर्यो । त्यसबेला राजा हरि सिंहसँग मुस्लिम लडाकुहरूसँग लड्ने क्षमता नभएका कारण भारतसित सहयोग मागे । भारतले काश्मिर आफू अधिनस्थ नभई सहयोग गर्न नसक्ने बताएपछि राजा हरि सिंहले काश्मिर भारतमा गाभ्ने निर्णय गरेका थिए । त्यसबेला राज्यलाई जनतामार्फत् नभई शासकमार्फत् भारत वा पाकिस्तानसँग मिल्न सक्ने अधिकार थियो । त्यसपछि भारतीय सैनिक काश्मिर प्रवेश गरी जुन भागमा नियन्त्रण कायम गरे त्यो भारत अधिनस्थ काश्मिर बन्न गयो । तर, जुन भाग पाकिस्तानी लडाकुको कब्जामा थियो त्यो पकिस्तान अधिनस्थ काश्मिर हुन गयो । यो मुद्दा युएनमा समेत पुग्यो । 

यसै विषयलाई लिएर भारत र पाकिस्तानबीच तीन पटक भएको युद्धमा पाकिस्तान नै पराजित भएको थियो । 

भारतसँग प्रत्यक्ष युद्ध गर्न नसकेपछि पाकिस्तानले आतंकवादीलाई प्रायोजित गरी काश्मिरलाई भारतबाट छुट्ट्याई पाकिस्तानमा मिसाउन चाहेको छ । यसको अन्तिम कडीका रूपमा पुलवामा आक्रमणलाई लिन सकिन्छ । 

नेपाली भारतप्रति शंकालु हुनुको कारण सिक्किमको विलय पनि हो । हुनत भारतको कुटिल योजनाअन्र्तगत नै सिक्किमको विलय भएको थियो । तर, हामीले यो पनि बिर्सनु हुँदैन कि चीनको प्रत्यक्ष सैनिक हस्तक्षेपबाट तिब्बत पनि विलय हुन गएको थियो । 

हामीले सन्तुलित परराष्ट्र नीति अपनाउँदा दुवै छिमेकीको भावनालाई पनि कदर गर्नुपर्छ । अर्को शंकालु दृष्टिकोणले हेर्ने ठाउँ छ, भुटानप्रति भारतको रवैया । यस विषयमा हामीभन्दा भुटानको नै प्रतिक्रिया आउनु बेस । हामी अनावश्यक क्षेत्रमा हात हाल्छौं, जस्तैः भेनेजुयला । 

नेपाल र चीनबीच जति सुमधुर तथा घनिष्ठ सम्बन्ध छ त्यति नेपालको पाकिस्तानसँग छैन  । यसमा भौगोलिक र सांस्कृतिक कारण पनि हुन सक्छ । पाकिस्तानले साधारण छात्रवृत्ति, मदरसामा लगानी तथा एम्बुलेन्स सहयोग गरेता पनि नेपाल पाकिस्तानको खासै चासोको विषय होइन । भारत विरोधी नेपालीको मानसिकतालाई फाइदा उठाउँदै अप्रत्यक्ष रूपमा नक्कली भारूको कारोवार, तस्करी, अप्रत्यक्ष रूपमा नेपालको भूमि प्रयोग भइरहेको छ । 

पाकिस्तानको आफ्नो छिमेकी मुलुक इरान र अफगानिस्तानसँग पनि कटु सम्बन्ध रहेको छ । हामी जानी नजानी पाकिस्तानको हिमायती हुन पुग्छौं । 

अब मूलभूत प्रश्नमा जाऔं, नेपाली मिडिया किन मोदीप्रति आक्रामक छन् त ? 

एउटा कुरा त सत्य हो कि उनले नेपालप्रति नाकाबन्दी लगाउनु उनको ठूलो भूल थियो । जसको कारण नेपाली जनताले दुःख–कष्ट भोग्न बाध्य हुनुपर्यो । तर, यसलाई मोदीले सच्याएर माफी पनि मागे । यसका अतिरिक्त उनले नेपालमाथि अपराध गरेका छैनन् । 

तर, केही बुद्धिजीवी अझै पनि नेपालको संविधानप्रति भारतको आपत्तिलाई कारण देख्छन्, यो हाम्रो दुर्भाग्य हो । 

मोदीको विरोध भारतका विपक्षीबाट हुनु स्वभाविक हो । तर, आफूलाई बुद्धिजीवी ठान्ने केही वर्ग तथा बहुसंख्यक मिडिया पनि मोदीको घोर विरोधी छन् । यसको साथै केही अन्तर्राष्ट्रिय मिडिया पनि

विभिन्न स्वार्थवश मोदीको विरोधी नै छन् । सकभर यिनीहरू मिडिया ‘कू’ गरी मोदीलाई हटाउन चाहन्छन् । 

नेपाली मिडियालाई भारतको आन्तरिक राजनीति तथा लफडाबाजीमा सरोकार राख्न जरुरी छैन । तर, उदेकलाग्दो नेपाली मिडिया बुझ्दै नबुझी मोदी विरोधी मिडियाबाट प्रक्षेपित सामग्रीलाई आधार मानी मोदीको विरोध गर्न पुग्छन्, जस्तै: एनडिटिभी, एबिपी न्युज, आजतक जस्ता न्युज च्यानल तथा वायर, टाइम्स अफ इण्डिया, द हिन्दू, अमर उजाला आदि पत्रिकामा सम्प्रेषण भएका सामग्रीका आधारमा मोदीबारे समाचार बनाउन पुग्छन् । केही मिडिया हाउसका पत्रकार मोदीका कट्टर विरोधी पत्रकार, जस्तै ः रविश कुमार, राजदीप देसाई, विनोद दुआ तथा बर्खा दत्तका लेखलाई साभार गर्छन् । 

यी मिडिया हाउसले केही बजारु सामग्री, जस्तै: ‘मोदीलाई अंग्रेजी बोल्न आउँदैन’, ‘मोदीको अंगरक्षकको हत्या’, ‘मोदीले श्रीमतीलाई गरेको अन्याय’, ‘मोदीको विदेशमा बेइज्जत’ जस्ता सामग्रीलाई स्थान दिन्छन् । यसका साथै हालको भारत र पाकिस्तानबीच चर्केको तनावको बेला ‘भारतले गरेको ‘एयर स्ट्राइक’बाट एउटा काग मात्र मरेको’, ‘भारत पराजय भएको’, ‘इमरानको गुगलीमा मोदी आउट’ जस्ता उडन्ते खबर सम्प्रेषण गर्छाैं । 

यो लेखको उद्देश्य मोदीको विरोध नै गर्नुहुन्न भन्ने होइन । तर, अनावश्यक, बुझ्दै नबुझी के कारणले हामी मोदीको विरोध गर्ने ? मोदी समर्थक तथा विरोधी भारतको आन्तरिक मामिला हो, त्यहीँ सीमित हुन दिउँ । न हामीले मोदीको समर्थन गर्नु छ न विरोध । 

यदि हाम्रो राष्ट्रहित र राष्ट्रको सम्बन्धमा भएको भए हामीले मोदीको विरोध तथा समर्थन गर्नु सुहाउँछ । होइन भने भारतको आन्तरिक राजनीतिक रस्साकस्सीमा हामी किन हाम फाल्ने ? 
के यस्ता मिडियाबाजीले भारत र नेपालबीचको सम्बन्धमा दरार ल्याउन सक्दैन त ? 

याे पनि 

प्रियंकाको अग्निपरीक्षा

भारतीय चुनावको चियोचर्चो

उतारचढावपूर्ण नेपाल–भारत सम्बन्ध र भारतको आसन्न निर्वाचन

स्किजोेफ्रेनियाबाट ग्रस्त भारतीय राजनेता