अवैध  कपडा बरामद

अवैध  कपडा बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण १८, २०७७

बाँके । जिल्ला  प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–ं १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताउनुुभयो । कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्राउन लागिपरेका छन् । नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्लाबाहिर पनि लैजाने गरिएको छ ।