आज फेरी सुनको रेकर्ड मूल्य

आज फेरी सुनको रेकर्ड मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १८, २०७७

काठमाडौं- सुनको मूल्यमा आज पुनः रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेर ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यही साउन ७ गतेयता सुनको मूल्यमा रेकर्ड कायम भइरहेको छ । उक्त दिन प्रतितोला १३ सय रुपैयाँ बढेर ९४ हजार बढेको छापावाल सुन त्यसयता ६९ सय रुपैयाँ बढिसकेको छ ।