पहिलोपटक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट

पहिलोपटक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १८, २०७७

काठमाडौं । पहिलोपटक टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ। विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ । 

पहिलोपटक यो विधिबाट नेपालमा उपचार भएको हो । अहिले संक्रमितको स्वास्थ्यमा निकै सुधार आएको पनि अस्पतालले जनएको छ । 

साउन १० गते अस्पताल भर्ना भएका संक्रमित पुरूषमा निमोनियाको समस्या थियो ।

गत बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा ती संक्रमित पुरूषमा राखेपछि उल्लेख्य सुधार आएको छ ।

प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ ।

परिषद्ले निको भएका संक्रमितहरूलाई इच्छा अनुसार प्लाज्मा दान गर्न पनि आग्रह गरेको छ ।