मेलम्चीमा पहिरोबाट आठ  बेपत्ता

मेलम्चीमा पहिरोबाट आठ  बेपत्ता

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १९, २०७७

सिन्धुपाल्चोक । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । 

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र  एक जनाको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।

पहिरो आज विहान २ बजे गएको  थियो  ।  

निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।