नेकपामा 'वादल' फ्याकटर :  सरकारमा रहँदासम्म ओलीसँग ! सरकारमा नरहेको अवस्थामा दाहालसँग !!

नेकपामा 'वादल' फ्याकटर :  सरकारमा रहँदासम्म ओलीसँग ! सरकारमा नरहेको अवस्थामा दाहालसँग !!

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७७

काठमाडौँ ।  गुटहरूको महासङ्घ  नेकपा भित्र  केन्द्रीय कमिटीका करिब करिब ४० जना केन्द्रीय सदस्य सहितको एउटा गुट सञ्चालन गरिरहेका  गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’पार्टीभित्र यता न उताका पात्र बनेका कारण विवादले निकास पाउन नसक्नुको मुख्य कारण बताइँदै आएको छ ।

नेकपाको आन्तरिक विवाद बढ्दै जाँदा गुटगत भेलाहरू दिनहुँ जसो भइरहेका छन् ।  वादलले पनि आफ्नो गुटको भेला गरेर पार्टीभित्र आफ्नो पनि अस्तित्व रहेको छनक दिने प्रयास गरे पनि  त्यति  प्रभावकारी भइरहेको देखिँदैन ।   प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली,  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल मात्र होइन रामबहादुर थापाले समेत आफू पक्षका नेताहरूलाई बोलाएर संवाद  सुरु गरेका वेला वादल समूहको भेला पार्टीभित्र अर्थपूर्ण हुन्थ्यो तर त्यसो नभएको टिप्पणी गर्न थालिएको छ  । पार्टी सचिवालयको बहुमतको निर्णयलाई लत्त्याएर स्वेच्छाचारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै सत्तारुढ नेकपा भित्र यति बेला आन्तरिक विवाद चर्कँदै गएको छ । यस्तो अवस्थामा थापाले आफू पक्षका नेताहरूलाई बोलाएर छुट्टै छलफल गरे पनि उनीहरू कुन पक्षमा लाग्ने भन्ने बारेमा स्पष्ट गर्न नसकेका कारण उक्त गुटको खासै महत्त्व र अर्थ नरहनुमा जिम्मेवार रहेको बताइँदै आएको छ ।  

कार्यकारी अध्यक्ष दाहालले आफू पक्षका नेताहरूलाई कित्ता क्लियर गर्न दिएको निर्देशनपछि नेताहरूले आफ्ना समूहका नेताहरूसँग निरन्तर रुपमा  छलफल थालेका हुन् । प्रधानमन्त्री ओलीले पनि केही हप्ता अघि आफ्नो क्याबिनेटका मन्त्रीहरूलाई ‘कित्ता क्लियर’ गर्न चेतावनी दिएका थिए । त्यसकै सिको गर्दै दाहालले पनि आफू पक्षका नेताहरूलाई त्यस्तै चेतावनी दिएका हुन् । 

पार्टी एकता महत्त्वपूर्ण रहेको र विचारका हिसाबले दाहालसँग रहने र पार्टीभित्र देखा परेका समस्या महाधिवेशनमार्फत समाधान गर्नुपर्ने बादलको धारणा थियो । एमसीसी, संसद् विघटन, राष्ट्रपति शासन, अध्यादेश लगायतका विषयमा भने सहमत हुन नसकिने उनको धारणा रहेको पनि सो भेलाको निष्कर्ष थियो । दाहाल र बादलसँग छलफल गरेरै अघि बढ्ने र यदि पार्टी फुट्नै लाग्यो भने मात्र ‘पोजिशन क्लियर’ गर्नुपर्ने धारणा वादलको रहेको थियो ।  

सचिवालय सदस्य बामदेव गौतमको भैँसे पाटी निवासमै प्रधानमन्त्री केपी शर्मा ओली ‘डिनर’का लागि सवार भएपछि त नेकपा भित्रको राजनीतिक तरलता झनै पेचिलो बन्दै गएको र  बामदेवले ६ बुँदे प्रस्ताव अघि सारेपछि उनी पुनः ओली कित्तामा पुगेपछि गृहमन्त्री समेत रहेका थापाले सानेपास्थित एक होटेलमा आफ्ना समूहका नेताहरूलाई बोलाएर छलफल गरे ।

सानेपाको होटेलमा जम्मा भएका थापा पक्षका नेताहरू मन्त्री क्वार्टरमा पनि पुगेर छलफललाई निरन्तरता दिएका थिए । पूर्व माओवादीबाट छुट्टिएर मोहन वैद्य समूहमा गएका र पुनः प्रचण्ड समूहमै फर्किएको वर्तमान गृहमन्त्री थापा ‘बादल’ समूहको त्यो भेलाले सरकारमा रहँदा ओलीसँग सहकार्य गर्ने, सरकारमा नरहेको अवस्थामा दाहालसँग सहकार्य गर्ने निचोडसहित छुट्टिएको थियो । मन्त्री निवास पुलचोकमा भएको भेलामा भने स्थायी कमिटी र केन्द्रीय कमिटी गरी दुई दर्जन नेताहरूको सहभागिता थियो । सहभागी केही नेताहरूले दाहालसँग मिलेर जानुपर्ने धारणा राखेका थिए भने केही नेताहरूले महाधिवेशनसम्म ओलीसँगै मिलेर जानुपर्ने धारणा राखेको थिए । उपत्यका बाहिर रहेका तर विगतमा आफूसँगै रहेका केही प्रतिनिधिमूलक केन्द्रीय कमिटीका सदस्यहरूलाई बोलाइएको भनिएको सो भेलाले कुनै औपचारिक ठोस निष्कर्ष दिन सकेन ।  पार्टीभित्र अहिले गम्भीर समस्या आइपरेको हुनाले कसरी अघि बढ्न सकिन्छ र के धारणा बनाउन सकिन्छ भनेर छलफलमा जुटाइएको थियो  । मुख्यतः पार्टी एकता जोगाउन सक्दो भूमिका निर्वाह गर्ने र अहिले देखिएको पार्टी भित्रको आन्तरिक समस्या समाधानको बाटो निकाल्न बहस केन्द्रित भएको थियो ।

पार्टी एकता महत्त्वपूर्ण रहेको र विचारका हिसाबले दाहालसँग रहने र पार्टीभित्र देखा परेका समस्या महाधिवेशनमार्फत समाधान गर्नुपर्ने बादलको धारणा थियो । एमसीसी, संसद् विघटन, राष्ट्रपति शासन, अध्यादेश लगायतका विषयमा भने सहमत हुन नसकिने उनको धारणा रहेको पनि सो भेलाको निष्कर्ष थियो । दाहाल र बादलसँग छलफल गरेरै अघि बढ्ने र यदि पार्टी फुट्नै लाग्यो भने मात्र ‘पोजिशन क्लियर’ गर्नुपर्ने धारणा वादलको रहेको थियो ।  

पार्टी एकता भएको २६ महिनापछि बादलले आफ्नो समूहको बैठक डाकेको यो पहिलो पटक हो । यो बैठकले पार्टीमा गुटको भेला गराएको भन्दा पनि पार्टीलाई अझ बढी सुदृढ, एकताबद्ध र नीति, पद्धति, सिद्धान्तमा कसरी रहने भन्ने सन्देश दिन खोजिएको बताइए पनि सत्तामा वादल कायम रहने एउटा उपाय मात्रै भएको नेकपाभित्र चर्चा चल्न थालेको छ । नेकपा भित्र ओली , दाहाल, माधव नेपाल पछिको चौथो शक्तिका रुपमा बादल समूहलाई लिने गरिन्छ । हाल बादल समूहको केन्द्रीय सदस्यहरू ३५ जना छन् । 

दाहाल समूहसँग नजिक रहेका नेताहरू मध्ये धेरैले तत्काल ओलीसँग मिलेर जानुपर्ने बताइरहेका बेला थापा समूहका नेताहरूले पनि महाधिवेशनसम्म ओलीसँग मिल्दा नै अधिकतम उपलब्धि हुने जिकिर गरेका थिए । सो भेलापछि थापा निकट केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले एकताबद्ध पार्टीले मात्र आगामी महाधिवेशनबाट समाजवादको मूर्त कार्यदिशा निर्माण र लागू गर्न सक्षम हुनेछ बताएका थिए  । यो भेलापछि नेकपाका एक नेताको टिप्पणी थियो –नेकपाभित्रको वादल न गडगडाउँछ नत नत्र वर्षा नै हुन्छ यसले कहीँ पुर्‍याउँदैन । हाल वादलको याे अवसरबादी लाइनका कारण सबैभन्दा बढी अप्ठेराे अध्यक्ष दाहाललाई परेकाे पूर्व माओवादीहरुले आलाेचना गर्ने गरिएको छ ।