जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २०, २०७७

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-२६ बस्ने ४१ बर्षीय पुरुषलाई आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलाली, कैलारी गाउँपालिका-९ बस्ने २२ बर्षीय बिकाश भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका-७ मनहरास्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।