धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २०, २०७७

काठमाडौं, टोखा नगरपालिका-९ मिलन टोल बस्ने दुई जना पुरुषलाई चक्कु तथा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई मगानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धारा बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ३५ वर्षीय बन्दन लिम्बु र ३० वर्षीय हेम तामाङ रहेका     छन् । घाइते दुवै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बाँके, बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने ३ जनालाई खुकुरी प्रहारी गरी घाइते बनाएको अभियोगमा सोही गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय मनोज तारे मगर समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पिकनिक खाने क्रममा बिबाद हुँदा उनीहरुले ३ जनालाई खुकुरी प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न ५ जनालाई १ थान खुकुरी सहित पक्राउ गरेको हो । घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।