ब्यबहारमै रजिष्टर्ड अडिटरमाथिका भेदभाबहरुको अन्त्य हुनु पर्ने माग

ब्यबहारमै रजिष्टर्ड अडिटरमाथिका भेदभाबहरुको अन्त्य हुनु पर्ने माग

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७७

काठमाण्डौ । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले पन्धौं स्थापना दिवसको अवसरमा २०७७ साल श्रावण २० गते देशब्यापी रुपमा 'अडान डे'  मनाईरहेको एक प्रेस विज्ञप्तीमा  जनाइएकाे छ ।

स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष मोहन राज रेग्मीको अध्यक्षतामा, अर्थ एवं सुचना तथा संचार मन्त्री डा.युवराज खतिवडाको प्रमुख आतिथ्यमा भर्चुवल कार्यक्रमको आयोजना समेत गरिएकाे जानकारी दिइएकाे   छ ।  

अडान उपाध्यक्ष /संयोजक प्रचारप्रसार विभाग डोल प्रसाद दाहालका अनुसार  कार्यक्रममा माननीय महालेखापरीक्षक  टंकमणि शर्मा (दंगाल), नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष मदनकृष्ण शर्मा लगायतले आफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रममा एसिसिए ग्लोबलकी लुसीया रियल मार्टीन, एसिसिए ग्लोबल नेपालका प्रमुख रबिन कटवाल, एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्ले, अडानका पदाधिकारीहरु तथा देशभरका प्रदेश कार्य समिति, जिल्ला कार्य समिति तथा सदस्यहरुले जुम वेभनार मार्फत कार्यक्रममा सहभागीता जनाएका थिए । 

कार्यक्रममा स्वागत गर्दै अध्यक्ष मोहनराज रेग्मीले कारबाहीमा बराबरी तर ब्यबहारमा रजिष्टर्ड अडिटरमाथिका भेदभाबहरुको अन्त्य हुनु पर्ने बताउनु भयो ।अध्यक्ष रेग्मीले १५ बर्षसम्म निरन्तर सदस्यहरुको क्षमता अभिबृद्धिमा लागेको बताउनु भएको थियो । 

 कार्यक्रमका प्रमुख अतिथि अर्थ एवं सुचना तथा संचार मन्त्री डा.युवराज खतिवडाले स्वदेशी एवं विदेशी लगानीकर्तालाई पारदर्शि एवं विश्वसनिय प्रतिवेदनको आवश्यकता भएकोले लेखापरीक्षकहरु भुमिका झन महत्वपुर्ण भएको बताउनुभयो । मन्त्री खतिवडाले लेखापरीक्षण गर्दा देखिएका कैफियतहरुलाई महत्वका साथ खुलासा गर्न लेखापरीक्षकहरुलाई सुझाव दिनुभयो । सबै स्थानीय सरकारको लेखा प्रणालीलाई  एकरुपता कायम गर्दै प्रविधिको प्रयोग गरेर लेखा ब्यवस्थापनमा लाग्न सुझाव दिनुभयो । 

कार्यक्रमका बिशिष्ट अतिथि माननिय महालेखापरीक्षक  टंकमणि शर्मा (दंगाल) ले  अडान र एसीसीएबिच भएको सम्झौताबाट एशोसिएसनको अन्तराष्ट्रिय सम्बन्धमा नयाँ आयाम थपिएकोमा खुुसी  ब्यक्त गर्नुभयो । अडानले महालेखापरीक्षकको बार्षिक प्रतिवेदनमा दिएको सुझावको स्मरण गर्दै ६१ खरबको कारोवारको लेखापरीक्षण भएकोमा, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरुबाट ३५ खरब र बाँकी महालेखापरीक्षको कार्यालयबाट लेखापरीक्षण भएको बताउनुभयो । उहाले रजिष्टर्ड अडिटर्सहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन र नियमावलीले लेखापरीक्षण गर्न दिएको सिमासम्म निर्वाधरुपले लेखापरीक्षण गर्न पाउनुपर्ने, अन्य कुनै ऐन तथा नियमावलीले अन्यथा ब्याख्या गरी रोक्न नपाईने भन्दै ऐन र नियमावली बमोजिम गर्न गराउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई सुझाव दिनुभयो । 

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले यस बर्षको मौद्रिक नीति सफल बानउन लेखापरीक्षकहरुको ठूलो हात रहेकाले सबैले हातेमालो गरी काम गर्दै राज्यको बिकासमा सहयोग गर्नु पर्ने बताउनु भएको थियो । 

उक्त अवसरमा नेपाल अडिटर्स एशोसिएसन (अडान) र एसीसीए ग्लोबलका बीच पेशागत बिकासका निम्ती एक आपसमा सहयोग र सहकार्य गर्दै जाने गरी सम्झौता भयो । उक्त सम्झौतामा अडानका तर्फबाट एशोसिएसनका अध्यक्ष मोहनराज रेग्मी र एसीसीए ग्लोबलका तर्फबाट Executive  Director – Markets  Ms. Lucia Real - Martin ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको समेत अडानले जानकारी दिएको छ ।  कार्यक्रममा एसिसिए ग्लोबलकी लुसीया रियल मार्टीनले अडान र एसिसिए ग्लोबल बिचको सम्झौताले दुबै देश तथा बिश्वका लेखाव्यबसायीहरु बिच कार्यगत एकतामा नयाँ प्रगती हुने आशा गर्नु  भएको िथयाे । 

कार्यक्रममा आईक्यानका अध्यक्ष मदनकृष्ण शर्मा, उपाध्यक्ष युद्धराज ओलीलाई सम्मान गरिएको थियो । आईक्यानका अध्यक्ष मदनकृष्ण शर्माले केहि नमिलेका कुराहरु भए हामीले छलफल गरेर मिलाउदै जान तयार रहेकाे  बताउनु भएकाे  थियाे । उक्त कार्यक्रममा सल्लाहकार समितिका संयोजक सूर्य प्रसाद अधिकारी, संस्थापक अध्यक्ष कमल खरेल, बरिष्ठ उपाध्यक्ष एबं पार्षद केदारनाथ पौडेलले सम्बोधन गर्नुभएको  थियो ।

'अडान डे' को अवसरमा उपत्यका प्रदेश कार्य समितिले आयोजना गरेको रक्तदानमा झण्डै ५२ जनाले रक्तदान गरेका थिए भने काठमाडौं जिल्ला कार्य समितिले ट्रमा सेन्टरलाई स्यानीटाईजर, मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको थियो ।  प्रदेश नम्बर १ अडान तथा मोरङ जिल्ला कार्य समितिको आयोजनामा कोभीड १९ ले लेखाव्यबसायमा पारेको प्रभाबका सम्बन्धमा भर्चुअल अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । प्रदेश नं. ५ कार्य समितिले  मानवीय उत्तरदायित्व अन्तर्गत बिरामिहरुको सिघ्र स्वास्थ लाभको कामनाका साथ बिरामीहरुलाई फलफुल बितरण कार्यक्रम गरेको छ ।

अडान गण्डकी प्रदेश कार्य समितिको कार्यालय पनि कास्कीमा उट्घाटन गरिएको छ । बाग्मती प्रदेश कार्य समितिले हेटौडामा एनएफआरएस फर एसएसमईज सम्बन्धि लेखापरीक्षकहरुका लागि तालीम कार्यक्रमको आयोजना र मामाघर नेपाल संस्थालाई नगद र खाद्यान्न सामाग्री बितरण गरेको छ । चितवन जिल्ला समितिले चितवन स्थित कृष्णपुरमा सुस्त मनिस्थितिका बालबालिकाहरुलाई साझको खाना ख्वाउने र चौबिसकोठीमा दीप प्रजल्वनको कार्यक्रम गरेको छ । 'अडान डे' का अबसरमा मुलुकभरका विभिन्न जिल्ला कैलाली, नुवाकोट, नवलपरासी लगायत प्रदेश कार्य समितिहरुले अन्तरक्रिया, रचनात्मक सामाजिक उतरदायित्वका क्रियाकलापहरु, रक्तदान, बृद्घहरुलाई खाना खुवाउने, असहायहरुलाई कपडा बितरण,फलफुल बितरण औषधि बितरण सहितका कार्यक्रम गरि अडानको पन्ध्रौ स्थापना दिवस मनाइएकाे समेत जानकारी  दिक्षएकाे छ ।