सुन तोलाको एक लाख माथि !!!

सुन तोलाको एक लाख माथि !!!

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०७७

काठमाडौं । आज साउन २१ गते बुधबार सुनको मूल्य एक लाख माथि पुगेको छ । । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधबार एकै दिन १६ सयले बढेर एक लाख एक हजार चार सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

यसअघि सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।

आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ ९कोरोना भाइरस० का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।