भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७७

ललितपुर । आज अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३।५ रिक्टर स्केलको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो ।

उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।