कोरोना ‘मास डिप्रेसन’ ! समाज र परिवारमा ‘एड्जष्ट’, ‘एसेप्ट’ मुख्य चुनौती !!

कोरोना ‘मास डिप्रेसन’ ! समाज र परिवारमा ‘एड्जष्ट’,  ‘एसेप्ट’ मुख्य चुनौती !!

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  श्रावण २१, २०७७

मानिसमा डिप्रेसन आउन लागि धेरै वटा कारणहरू हुने गर्छन् । मानिसमा तीन प्रकारका डिप्रेसन हुने मनो चिकित्सामा उल्लेख गरिँदै आएको छ । यी तीन कारणहरूमा जैवीक कारण, साइकोलोजिकल कारण र सामाजिक कारण रहँदै आएको छ । यस आलेखमा सामाजिक कारणले डिप्रेसन आउने कारणको बारेमा केही चर्चा गर्ने कोसिस गरिएको छ । 
सामाजिक कारणले डिप्रेसन आउने सम्भवनको बारेमा हामी छलफल गराउनको लागि एकदमै हिचकिचाहट गर्ने गर्छौ ।  सामाजिक कारणले पनि डिप्रेसनमा आउने लक्षण अलिकति ध्यान जान जरुरी छ । मन दिक्क लागि रहने, उदासीपन  हुने, नैराश्य व्यक्त गरिरहने, निद्रा नलाग्ने वा नपर्ने, भोक नलाग्ने, जिउ दुखेजस्तो भइरह्यो भने डिप्रेसन भएको हुन सक्छ । सबै समस्या डिप्रेसन आउनु पूर्व देखिने लक्षणहरू हुन । 

यस्तो हुनुमा अन्य कारणका अलवा सामाजिक कारण पनि प्रमुख भएर आउने गर्दछ । वर्तमान परिपेक्षमा सबैभन्दा कोरोना भाइरसको सङ्क्रमण हुन्छ कि भन्ने त्रासका कारण मानिसहरूलाई कस्तो कस्तो खालको असरहरू गरेका छन् त ? कोरोनाले गर्दा मान्छेहरूलाई त घर मै बन्धक बनाइदियो । र, अहिले हुँदा हुँदै कोरोना फैलने त्रास मानिसहरूमा त्यतिकै पिरोलेको छ । आफूलाई कोरोना लाग्छ कि ! केही हुन्छ कि ! भनेर मान्छेलाई डर र त्रासमा बस्नु परिरहेको छ । 

मानिस घरमा मात्रै बिना काम काज बस्ने भएपछि मन दिक्क हुने, उदास हुने, रिङटा चल्ने र तिरिमिरी हुने आम समस्याका रुपमा देखिने गरेको पाइन्छ । यो कोरोना भाइरसका सृजित समस्या हुन  जुन देखिएको छ सामाजिक कारण  हो । 

कोरोनाकै कारणले गर्दा मान्छेहरूले काम गर्न सकेनन्, काममा जान सकेन । काममा नजाने बित्तिकै उसले तलब पाएन अथवा तलब काटियो । जुन दैनिक खर्चहरू गर्नको लागि कसरी व्यवस्था गर्ने ? नयाँ खालको चुनौती थपियो । यसले गर्दा पनि डिप्रेसनमा आउने लक्षण देखिने एउटा कारक बनिरहेको छ । यो आर्थिक कारण त्यो  अवस्था निम्तियो । आर्थिक समस्या निम्तायो  । आर्थिक समस्याले गर्दा खेरी अब मैले घर कसरी चलाउने होला ? बालबच्चाको स्कुलमा कसरी फी तिर्ने ? कसरी के गर्ने ? भन्ने कुरा आए । स्कुलमा पैसा तिर्ने भनेको छ । आफूसँग पैसा छैन ।  कहाँबाट ‘म्यानेज’ गर्ने भन्ने कुरा आयो । यो कारणले गर्दा मान्छेमा एकै पटक नैराश्य ल्याउन सक्ने सम्भावना भइदियो ।

आफ्नो देश जान सकिरहेको छैन । अब म कहाँ जानु त ? मेरो को छ त ? कोही पनि छैन । उता काम गर्ने ठाउँबाट निकाली सकेको छ । आफ्नो घर जान  वा आफ्नो देश जान पाइँदैन ? भनेपछि उसको मानसिक अवस्था कस्तो भयो होला ? निश्चितै  हत्तेरीका कस्तो ठाउँमा म जन्म लिन पुगेछु ? म कस्तो हीन प्राणी रहेछु भन्ने आउनु स्वाभाविक नै हो नि ! यो पनि एउटा समाजकि समस्याका रुपमा देखा परेको छ ।

यही कोरोनाको कारणले गर्दा मान्छेहरूलाई एउटा प्रदेशबाट अर्को प्रदेशमा जानलाई अहिले गाह्रो भइरहेको छ । जान सकिने अवस्था भइरहेको छैन । एक जिल्लबाट अर्को जिल्लामा जान पनि ‘प्रमिसन’ लिनको लागि अहिले सिडिओ कार्यालय धाउ ! यता जाऊ उता जाऊ ! यो झनजटिलो प्रक्रिया बनाइदिएको छ । त्यसले गर्दा नगई नहुने अवस्था ‘क्रेट’ हुन सक्छ । आफ्नो परिवार अर्को जिल्लामा आफू अर्को जिल्लामा त्यहाँ जानलाई के गर्ने ? परिवारसँग टाढा बस्नु पर्ने तुरुन्त सम्पर्कमा आउन नसक्ने ? त्यसमा आर्थिक भार आइरहेको छ ?  त्यो कारणले गर्दा पनि मान्छेलाई सहजताको वातावरण भएन जसले गर्दा मेरो जिन्दगी यस्तै हुने हो कि ! मैले केही पनि गर्न सक्दिन होला कि ? भन्ने कुराहरू मनमा आइदिन्छ । यो पनि अहिले एउटा सामाजिक समस्याको रुपमा देखिएको छ ? मानिसहरूलाई अब कहाँ जाने ? के गर्ने ? भन्ने जस्ता समस्याले सताइरहेको छ ।

यो एक दुई जनामा होइन आम मानिसमा देखिन थालेको छ । यसलाई एक खालको ‘मास डिप्रेसन’  भन्न मिल्ने अवस्था छ ।  ड्रिपेसनको  यो लक्षण धेरै मानिसलाई आउँछ । मनलाई झर्को लाग्ने भयो नि त ! विभिन्न खाले झनजटिलो व्यवस्थाले गर्दा खेरी मान्छेलाई के भयो भने मन दिक्क हुने, उदास हुने, कहाँ जाने त कसलाई गएर गुहार्ने त ! भन्ने अवस्था सृजना भयो । कतै आफूले मानेको वा चिनेको नेताहरूसँग गएर गुहार्दा खेरी पनि समस्याको समाधान नहुने  भएपछि यस्ता लक्षण देखिने गर्दछ । 

अर्को चाही सामाजिक कारणले हुने डिप्रेसन र देशको स्थितिले गर्दा ‘सुसाइड’ बढ्ने एकदमै सम्भावना हुन्छ । आत्महत्याको अहिले पनि बढी रहेको देखिरहेका छौँ । आत्महत्या एकदमै डिप्रेसनको ‘फेलियर फममा’ जाँदा खेरी उसले ‘वे आउट’ नै केही  पाइरहेको हुँदैन ।  म कहाँ जाने त ! मेरो सहायता गर्ने पनि छैन ? कोही पनि मानिस मलाई मद्दत गर्ने अवस्थामा छैन ? मेरो कुनै आर्थिक स्रोत पनि छैन ? मेरो काम पनि छैन ? म केही गर्न पनि सक्दिन होला ? अब मेरो परिवारबाट पनि म टाढा भए ! मेरो जिन्दगीमा मर्ने बाहेक केही पनि विकल्प छैन भनेर निष्कर्ष निक्लने थाल्दछ । सोच्दा, व्यवहार गर्दा र बोलीचालीमा समेत त्यस्तो सन्देश दिई रहने मानिसले ‘सुसाइड’ गर्ने  सम्भावना बढी ने हुने गर्दछ । 

यस्तो अवस्थाका मानिसलाई परिवार र समाजले खेल्ने भूमिकाहरू हुन्छन् । परिवारका सदस्यको एकदमै  ‘सपोर्टिङ’ भूमिका हुनु जरुरी छ ।  यस्ता मानिसहरूलाई देखिने बित्तिकै परिवारलाई पनि उसलाई कसरी कुराहरू गरेर ‘सपोर्ट’ गर्ने ? के गर्न सकिन्छ ? हामीसँगै छौ,  कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर चिन्तित भएको सन्देश दिन जरुरी छ ।  
राज्यको तर्फबाट सहज वातावरण तयार गर्दिनु पर्‍यो जनतालाई । कहिले कुन चाहिँ नियम निकालेको छ ।  कहिले राज्यले जोर बिजोर प्रणाली भनेको छ । मान्छेलाई अलपत्र कहिले मोटरसाइकलमा एक जना मात्रै बस्ने भनिदिएको छ ।  यसरी मानिसलाई  अलपत्र पार्नुभएन । यस्तै यस्तै खालका नियमहरू छिनछिनमा चेन्ज गर्दा पनि  मान्छेलाई अन्योल र त्रास हुने गर्छ । यस्ता कुराले मानिसको काम गर्ने वातावरणमा असर गर्छ । 

यस्तो गरिदिन त्रास बनाइदियो नि त !  एउटा नियम बनायो लागु भएका छैन ! अर्को के गर्ने भन्ने कुराहरू आइरहेको छ । अनि जहिले पनि झगडा गर्नुपर्ने हुन्छ । अहिले मास्क लाउनु पर्छ भनियो । एकताका त मास्क नै किन्न पाउँदैन थियो । मास्क चाहियो मास्क नै छैन । अब मास्क छ, मास्क लगाए पनि लगाएन भनेर पुलिसले गएर किचकिच गर्ने भयो । हुनसक्छ उसको मास्क कता केही भयो । मास्क राखेर कति असहज महसुस हुन्छ भन्ने त हामी आफैँले पनि महसुस गरेका छौँ । कोहीसँग कुरा गर्न पनि गाह्रो हुने, कस्तो पसिना नै पसिना आउने हुन्छ । र कुन किसिमको मास्क लगाउने भन्ने पनि मानिसहरूलाई थाहा छैन । मास्क लगाउने भनेर कपडाको मास्क लगाएर पनि त हुँदैन । यत्तिकै एउटा मास्क एकदमै टाइट गरेर लाएर पनि कुरा गर्न सकिँदैन । कुरा गर्न अहिले पनि अप्ठेरो महसुस भयो । त्यसको जुन किसिमको एउटा मापदण्ड भन्दा पनि मान्छेलाई त्यो मास्क कसरी लगाउने भन्ने कुरा बुझिदिनु पर्ने हुन्छ । यो उनीहरूले सिक्नु पर्ने पनि हुन सक्छ । कस्तो खालको चाहियो भनेर यो पनि आयो । यसले गर्दा खेरी के भयो भने डिप्रेसन निम्त्याउने सम्भावना बढी रहेको छ । 

राज्यको तर्फबाट छिनछिनमा परिवर्तन गर्ने नीतिको कारण पनि आम जनतामा  त्रास सृजना भइरहेको छ । अर्को एउटा पनि ‘इन्ट्रेस्टिङ’ कुरा अहिले ‘पोल्टिकल सिनारियो’ जुन देखिएको छ । एउटा यस्तो अवस्थामा एउटा यस्तो किसिमको नैराश्य छाएको छ कि ! जुन सरकारमा भएका मानिसहरू पनि किचलो गरेर बसिरहेका छन् । त्यसपछि प्रतिपक्षहरू पनि किचलो गरेर बसिरहेका छन् । एउटा पार्टीलाई अर्को पार्टीले कहिले के भने को छ ! कहिले के भनेको छ ! यस्तो कारणले गर्दा पनि मासिहरुलाई देश सञ्चालन गरेर कहाँ ? के गर्ने ? कसरो गर्ने ? सर्वसाधारणले   निकास पाउन सकिरहेका छैनन् । यो पनि एउटा राजनीतिक वातावरण बिग्रँदाखेरि र मान्छेहरूलाई समस्या निस्कने भयो नि त ! कसलाई गुहार्ने ? के गर्ने ? भन्ने कुरा चाहिँ देखिएन । यसले केही पनि एउटा समस्याको रुपमा आएर त्यसले नैरस्यताको वातावरण तयार गर्दिने गर्दछ । 

अब त केही पनि गर्न नसकिने भन्ने वातावरण तयार गरिदिने भयो । यो पनि पिन एउटा कारणका रुपमा देखिएको छ । यो पनि एउटा समस्याको रुपमा आइरहेको छ । अर्को भनेको आर्थिक अवस्था मान्छकैको आर्थिक अवस्था पहिला धनाढ्य मान्छेदेखि लिएर हातमुख जोर्ने मान्छे सबैलाई नै गाह्रो भइरहेको अवस्था छ अहिलेको अवस्थामा । 

कुनै पनि चिज किन्ने भन्दा पनि २ पटक सोच्नु पर्ने अवस्था छ । नभई नहुने दाल चामल मात्रै किन्नु पर्ने अलग्गै हो । नत्र अहिले मान्छेको कुनै एउटा लुगा लगाउने कुनै फेसन गर्ने भन्ने कुरा अहिले असम्भव प्राय छ । यो पनि एउटा समस्याको रुपमा देखिरहेको छ अहिले । जुन खोजी रहेका मानिसहरूलाई चाहिँ रमाइलोको वातावरण भनेको केही पनि छैन । मान्छे भनेको सामाजिक प्राणी हो ।  हामी अहिले सबै जना 'सोसियल डिस्ट्यान्सिङ' भनेर बसेका छौ । साथीभाइसँग पनि गफ नगर्ने आफ्नो 'रिलेटिभ'हरुसँग पनि गफ नगर्ने र आफैसँग मात्रै बस्दा खेरी चाहिँ त्यो दायरा साँगुरो भएर जाँदा खेरी मान्छेहरूमा ‘प्रडक्टिभिटी’ र  जुन सोचाइ वा तरिकाहरू त्यो बिस्तारै कम हुँदै गएको अवस्था छ ।  उसले आफ्नो बाहिर जुन ‘इन्ट्युलेक्चल लेबल’को जुन बाहिरको कुराहरू गर्न सक्ने आफ्नो ‘प्रोग्राम’को क्षमता विकास गर्न सक्ने हो  त्यो केही पनि नभएपछि त्यसले पनि समस्याहरू निकालिदिने रहेछ । 

 किनभने अहिले यो क्षेत्र यसरी निस्कन्छ कि ! हरेक सामाजिक कारण जस्तो कोरोनाकै कारणले गर्दा खेरी धेरैवाटा क्षेत्रमा असर गर्दै गर्दै जाँदा यसले अन्तमा कसलाई डिस्टर्व गर्छ भन्दा मान्छेको सोच्ने क्षमतामा नै ल्याउने भयो नि ! यसले गर्दा खेरी समस्या निकालिदिने भयो र कहाँ जाने ? डिप्रेसन निम्त्याउन मलजल पुर्‍याउने भयो  । यो अहिले सामाजिक कारणले गर्दा आउने कुराहरू चाहिँ धेरैजसो देखिएको यही नै छ । 

मुख्य कुरा मानिसले  परिवेशसँग आफूलाई‘एड्जष्ट’ गर्नुपर्छ ।  त्यसलाई ‘एसेप्ट’ गर्नु पर्‍यो । सहज रुपमा स्वीकार गर्न सक्नु पर्‍यो । अब देश र सबैलाई आर्थिक अवस्थामा गाह्रो भएको छ भन्ने कुरालाई आफूले चाहिँ सहज रुपमा स्वीकार गर्न सक्नु पर्‍यो । पहिलो कुरा एउटा ‘स्ट्राटेजी’ बनाउनु पर्‍याे जुन खर्च गर्ने आफ्नो क्षमता छ त्यो भन्दा पनि कम भएपछि पनि यो त यस्तै हो म यसलाई स्वीकार गर्छु भनेर जाने हो । आफ्नो जीवन शैलीमा परिवर्तन गरेर परिवर्तित परिवेशमा आफूलाई ढाल्न सक्नु पर्‍यो ? जसले ढाल्न सक्दैन नयाँ परिवेशमा उसलाई गाह्रो हुँदै जान्छ । 

यदि श्रीमान् श्रीमतीमा दैनिक झगडा परिरहेको छ भने श्रीमान् बढी रक्सी खाने श्रीमतीलाई कुट्ने पिट्ने गर्ने व्यवहार राम्रो नगर्ने । यस्ता यस्ता कुरा पनि के हुन्छ भने सामाजिक कार्य नै हो । जसले महिलाहरूमा डिप्रेसन बढी देखिने भन्ने कुरा यसले गर्दा पनि आउने हुन्छ । बच्चाहरूमा धेरै जना बच्चाहरूमा  'बुलिङ' गर्ने जिस्काउने हेप्ने उसलाई छि छि र दुरदुर गर्ने यो भयो भने जहिले पनि समस्या चाहिँ आउने गर्दछ ।  अर्को कोरोनाकै कारण अर्को समस्या भएको छ । आफूलाई कोरोना लाग्यो र कोरोना लाग्यो भनेर ‘आइसुलेसन‘मा बस्यो र आइसुलेसनमा उपचार गरेर १४ दिन क्वारेनटाइनमा बसेर बाहिर निस्केपछि घरमा जाँदा खेरी घरमा ‘एसेप्ट’ गरिदिएनन् भने त्यो पनि गम्भीर समस्याका रुपमा देखिएको छ ।  

किन भने मलाई त यत्रो रोग लागेर उपचार गरेर ठिक भइसके खै त पीसीआर रिपोर्ट भनिदियो अर्थात् अहिले पीसीआर रिपोर्ट गर्ने चलन छैन ।  त्यसले गर्दा मानिसले आत्महत्या गर्न सक्ने सम्भावना समेत भइरहेको छ । त्यो पनि डिप्रेसनको कुरा भयो । सारा अन्योलको स्थिति आइरहेको छ नि ! 

बोर्डर साइडमा मान्छेहरू आउँदा इन्डियामा कति धेरै मानिसहरू आए । गरिब भएर दुख सुख गरेर कमाएको मान्छेहरू केही पनि नभएर त्यहाँ आएर बसेको हुन्छ । आफ्नो देश फर्कन पनि गाह्रो भएको छ । उसलाई त्यहाँ कति नैरश्यताको वातावरण तयार भयो होला ? आफ्नो देश जान सकिरहेको छैन । अब म कहाँ जानु त ? मेरो को छ त ? कोही पनि छैन । उता काम गर्ने ठाउँबाट निकाली सकेको छ । आफ्नो घर जान  वा आफ्नो देश जान पाइँदैन ? भनेपछि उसको मानसिक अवस्था कस्तो भयो होला ? निश्चितै  हत्तेरीका कस्तो ठाउँमा म जन्म लिन पुगेछु ? म कस्तो हीन प्राणी रहेछु भन्ने आउनु स्वाभाविक नै हो नि ! यो पनि एउटा समाजकि समस्याका रुपमा देखा परेको छ ।