श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकियो

श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकियो

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २२, २०७७

कर्णाली । मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ । जसअनुसार प्रतिकेजी श्रीखण्डको तीन हजार रुपैयाँ, रक्तचन्दनको  दुई हजार, कपुरको दुई हजार ५०० रुपैयाँ, तेजपत्ताको एक हजार तथा लप्सी, टिमूर र बकाइनोको ३००/३०० तोकिएको छ । रुद्राक्ष प्रतिगोटाको २०० रुपैयाँ, सर्पगन्धको ५०० रुपैयाँ तोकिएको छ । त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको २५ रुपैयाँ, उन्नत जातको चिली प्रतिगोटाको १०० रुपैयाँ निर्धारण गरिएको जिप्रकाले जनाएको छ ।