फ्रान्सका राष्ट्रपति लेबनान भ्रमणमा
श्रावण २२, २०७७

काठमाडाैं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो लेबनान भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भिषण बिस्फोट भएपछि लेबनान भ्रमण गर्ने उहाँ पहिलो राजनेता हुनुहुन्छ । 

राष्ट्रपति म्याँक्रोले लेबनानका राष्ट्रपति मिसेल आउन र प्रधानमन्त्री हस्सन डायब सहित सबै प्रमुख राजनीतिक नेताहरुसँग लेबनानको पछिल्लो आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा विचार विमर्श गर्नु हुनेछ ।

उहाँले लेबनानका लागि आपतकालीन सहायता जुटाउन विशेष रुपमा पहल गर्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा फ्रान्सको उपनिवेश रहेको लेबनानमा आर्थिक सुधारका कार्यक्रममा फ्रान्सले नेतृत्वदायी भूमिका खेल्ने लेबनानको विश्वास छ ।