खोलाले बगाएर एक महिला बेपत्ता

खोलाले बगाएर एक महिला बेपत्ता

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २३, २०७७

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी परियारको खोजी जारी छ । घार प्रहरी चौकीबाट खटिएका प्रहरीसहित स्थानीयवासीले खोजी गरेका थिए । शुक्रबार बिहानैदेखि बेपत्ताको खोजीकार्यलाई निरन्तरता दिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।