‘रोयल बिच क्याम्प’ रेस्टुरेण्ट, जहाँ मद्यपान र धूम्रपान गर्न पाइँदैन

‘रोयल बिच क्याम्प’ रेस्टुरेण्ट, जहाँ मद्यपान र धूम्रपान गर्न पाइँदैन

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र ८, २०७५

रेस्टुरेण्टमा न्यूनतम सेवा सुविधा के–के होलान् ? अधिकांशले सहजै उत्तर दिन्छन्– मद्यपान, धूम्रपान र फ्रि वाइफाइ (इन्टरनेट) । यसको अभावमा रेस्टुरेण्टको परिकल्पना मात्र होइन, असम्भव प्राय मानिन्छ । तर, यस्तो असम्भव कुरा सम्भव भएको देख्न र हेर्नको लागि धादिङको मलेखु र कुरिनटारको बीचमा रहेको कृष्णभीर नजिक रहेको ‘रोयल बिच क्याम्प’ जान सकिन्छ ।  

यस्तो असम्भव कार्यलाई सम्भवमा तुल्याए, करिव ३० वर्षसम्म साहसिक पर्यटनको क्षेत्र काम गरेका राम सिलवालले । सन् २००६ ‘र्‍याफ्टिङ’ र ‘कायाकिङ’ सहितको जलयात्राको तालिम सञ्चालन गर्ने उद्देश्यका साथ पहिलोपटक त्रिशुली नदी किनारमा पहिलो पटका ‘रोयल बिच क्याम्प’ नामक तालिम केन्द्र उनी र उनका साथी इन्द्र राईले सुरु गरे । पहिलो पटक त्रिशुली किनारमा खोलिएको तालिम केन्द्रमा सुरुमा नै मद्यपान, धुम्रपान र फ्रि वाइफाइ बिना नै सञ्चालन गर्ने उद्देश्य राखिएको भए पनि स्थापनाको केही समयपछि उक्त क्याम्पमा मद्यपान, धुम्रपान र फ्रि वाइफाइ राख्न बाध्य भएको र करिव १० वर्ष त्यसरी सञ्चालन गरेको दाबी सञ्चालक सिलवालले गरेका छन् । 

पहिलो पल्ट ‘रोयल बिच क्याम्प’ खोल्दा त्रिशुली किनारमा एउटा मात्र थियो । तर, अहिले १२ वर्षमा समान लक्ष्य राखेर खोलिएका तालिम केन्द्रसहितका रेस्टुरेण्ट वा रिसोर्टको संख्या २७ पुगेको दाबी सिलवालले गर्नुभएको छ । आफूसँग आत्मविश्वास भएको दाबी गर्ने सिलवाल ‘रोयल बिच क्याम्प’ले अर्गानिक खानपिन सहितको मद्यपान, धूम्रपान र फ्रि वाइफाइ बेगर दिने तालिमको अरु धेरैले अनुसरण गर्ने कुरामा पनि त्यति नै ढुक्क छन् । 

पानीको स्रोत हिमालको फेद देखिबंगालको खाडीसम्म जलयात्रा गरिसकेका सिलवालले तालिम केन्द्रका रुपमा विकास गर्न खोलिएको ‘रोयल विच क्याम्प’ रिसोर्टमा परिणत भयो । यसबारे सिलवाल भन्छन्, ‘हामीले बाटो बिरायौं । हामीले बाटो बिराउँदा हजारौंको संख्यामा रिसोर्टसँग प्रतिस्पर्धा गर्न पुग्छौं ।’ एक दशक लामो अनुभव र सिकाईबाट झन् आफ्नो बाटो सही भएको र स्थापनाको उद्देश्यमा फर्केर एक वर्षदेखि ‘रोयल बिच क्याम्प’मा मद्यपान, धुम्रपान र फ्रि वाइफाइ सञ्चालन गर्न थालिएको छ । सिलवालको दाबी छ– साहसिक पर्यटनको खेल भनेको प्रकृतिसँग खेल्ने, घुलमिल र रमाउने खेल हो । विश्वमा साहसिक पर्यटनको तालिम त झन् मद्यपान, धुम्रपान र फ्रि वाइफाइ दिएर झनै सिकाइँदैन । मद्यपान, धुम्रपान र फ्रि वाइफाइको लागि त बजारमा र खोला किनारमा थुप्रै रिसोर्ट, होटल खोलेका छँदैछन् नि ।’

नेपाल पर्यटन बोर्डको तर्फबाट स्विडेनका लागि ‘सदभावना दूत’ सिलवाललाई दस वर्षको तालिम केन्द्र सञ्चालकको अनुभवले के पनि सिकायो भने साहसिक पर्यटनको खेल ‘र्‍याफटिङ’,‘कायाकिङ’ जस्ता कुरा सिक्न १८ देखि २५ वर्ष उमेर समूहका युवायुवती आकर्षण हुने गरेको छ । यो उमेर समूहका युवायुवती तालिम अवधिमा पनि मद्यपान, धूम्रपान र फ्रि वाइफाइ जस्ता ‘विलासिता’मा रमेको र जे सिक्न आएको हो । त्यो पर्याप्त मात्रामा सिक्न नसेको अवस्था रह्यो । देश नै स्ट्रकलको फेसमा हुने तर युवायुवतीको विलासिता तर्फको आकर्षण अनौठो रहेको पाएको दाबी छ सिलवालको ।  सिलवालले नेपालमा मात्र होइन, स्विडेनमा पनि ‘साहसिक पर्यटन र लिडरसिप’ सम्बन्धी तालिम सञ्चालन गरिरहनुभएको छ । त्यहाँ पनि यो विषयलाई लागू गरेको दाबी सिलवालको छ । हालै मात्र बिट्रिस आर्मी  साहसिक पर्यटनको ३५ दिने तालिम दिएर नेपाल फर्किएका सिलवाल कलेजका विद्यार्थीलाई ‘भ्यालु÷मूल्य’ सिकाउनु पर्ने आवश्यकता देख्नुभएको छ । उनकोे भनाई छ,  ‘वर्तमान शिक्षा प्रणालीले युवायुवतीलाई चुनौतीपूर्ण शिक्षण सिकाई गर्न सकेको छैन ।’ 

धेरै युवायुवती विदेश जाने गरेको तर कसरी बाँच्ने र प्रकृतिसँग कसरी घुलमिल हुने भन्ने कुराको सीप नभएको हुँदा विदेशमा गएर रेलवे स्टेसनमा रात बिताउने र दुःख पाइरहेका छन् । यही कारण आफूहरुले साहसिक पर्यटनको खेलमार्फत् युवायुवतीलाई सीप सिकाउने र विदेश नै गए पनि कसरी बाँच्ने भन्ने सीप सिक्नु आवश्यक छ भनेर तालिम केन्द्र सुरु गरेको दाबी गर्नुहुन्छ ।

मूलप्रवाह विपरितको मद्यपान, धूम्रपान र फ्रि वाइफाइ बिनाको आवसीय तालिम केन्द्रको स्थायीत्वको प्रश्नमा उत्साहित हुँदै आधारसमेत तयार रहेको दाबी गर्नुहुन्छ– पहिलो हो, मद्यपान, धूम्रपान र फ्रि वाइफाइ नहुनेबित्तिकै यो आफैमा सस्तो हने भयो । स्थायित्वको पहिलो आधार नै यही हो । दोस्रो जमिन र पानी छ, तालिम अवधिमा अर्गानिक खेतीको कोर्स हुन्छ । जसमा कोर्स मात्र हुँदैन, त्यहाँ खेतीबाट उत्पादन पनि हुन्छ । त्यो उत्पादन पनि  खपत  हुने भयो । मद्यपान, धूम्रपान र फ्रि वाइफाइ नहुने ठाउँ खोज्दै आउने मानिसको ठूलो संख्या रहेको तर उनीहरुले यस्तो ठाउँको बारेमा जानकारी पुर्याउने काम मात्र चुनौती रहेको बताउनु हुन्छ । 

पहिलो पल्ट ‘रोयल बिच क्याम्प’ खोल्दा त्रिशुली किनारमा एउटा मात्र थियो । तर, अहिले १२ वर्षमा समान लक्ष्य राखेर खोलिएका तालिम केन्द्रसहितका रेस्टुरेण्ट वा रिसोर्टको संख्या २७ पुगेको दाबी सिलवालले गर्नुभएको छ । आफूसँग आत्मविश्वास भएको दाबी गर्ने सिलवाल ‘रोयल बिच क्याम्प’ले अर्गानिक खानपिन सहितको मद्यपान, धूम्रपान र फ्रि वाइफाइ बेगर दिने तालिमको अरु धेरैले अनुसरण गर्ने कुरामा पनि त्यति नै ढुक्क छन् । 

हाल विश्वविद्यालय र विभिन्न कलेजमा आफूले तयार गरेको कोर्सलाई देखाउने गरिरहेको र धेरै कलेज प्रभावित भएर तयार भएको अवस्था रहेको तर त्यसको लागत कसरी जुटाउने भन्ने बारेमा कलेजसँग छलफल गरिरहको अवस्था रहेको सिलवालको भनाइ छ । सिलवाल अबको चुनौतीका रुपमा भनेको यो कोर्स र तालिमको बारेमा नेपाल सरकार र विश्व विद्यालयलाई बुझाउनुमा देख्नुहुन्छ । 

साहसिक पर्यटनको क्षेत्रमा ‘रोयल बिच क्याम्प’ले सञ्चालन गरेको कार्यक्रमबारे डेनमार्कको रसखुल्डे भन्ने विश्वविद्यालयले ‘केस स्टडी’ गरिरहेको छ, जसले गर्दा नेपाली संस्कार, संस्कृतिको अनुसन्धान गर्न विश्वभरीको मानिसलाई नेपालमा आकर्षण गर्न सकिन्छ । यी गतिविधिलाई व्यवस्थित गर्न सकियो भने ‘एजुकेसनल टुरिजम’को सम्भावना बढाउन सकिने सिलवालको विश्वास छ । ‘रोयल बिच क्याम्प’ले अगाडि सारेको अवधारणामा युरोपियन बढी नै प्रभावित भएको सिलवालको दाबी छ ।