आइपिएल: कुन खेलाडीले कति कमाए ?

आइपिएल: कुन खेलाडीले कति कमाए ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ८, २०७५


काठमाडौं । क्रिकेटको महामेला मानिने इन्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण भोलीबाट सुरु हुँदैछ । यही प्रतियोगिताबाट कयौं खेलाडीको ‘करियर’ पनि चम्केको छ । कयौंले ठूलो धनराशी पनि कमाएका छन् । 

हेरौं, पछिल्ला ११ औं संस्करणसम्म कुन खेलाडीले कति धनराशी कमाए ।

 

शिखर धवन

१२ औं संस्करणमा दिल्ली क्यापिटल टिममा परेका ब्याट्सम्यान शिखर धवनले अहिलेसम्म ५९.७ भारू कमाइ गरिसकेका छन् । धवनले यसअघि सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्स टिमबाट खेलका थिए ।

 
रविन उथप्पा

आइपिएलमा खेलेर राम्रो कमाई गर्नेमा रविन उथप्पा पनि छन् । कोलकाता नाइट राइडर्सबाट खेल्ने उथप्पाले अहिलेसम्म ६५.८ करोड भारू कमाइ गरिसकेका छन् । उनले यसअघि पुणे वारियर्स र रोयल च्यालेन्जर्स बैंग्लौरबाट खेलका थिए । 


सेन वाट्सन

आइपिएलको पछिल्लो संस्करणमा दुई सतक बनाएका अस्टेलियन अलराउन्डर सेन वाट्सनले अहिलेसम्म ६९.१ करोड भारू कमाइ गरिसकेका छन् । अहिले वाट्सन चेन्नई सुपर किंग्सको टिममा छन् । यसअघि उनले रोयल च्यालेन्जर्स बैंग्लौर र राजस्थान रोयल्सबाट खेलका थिए । 


एबी डिभिलियर्स

रोयल च्यालेन्जर्स बैंग्लौरका सुपरस्टार ब्याट्सम्यान एबी डिभिलियर्सले अहिलेसम्म आइपिएलबाट ६९.५ करोड भारू कमाइ गरिसकेका छन् । यसअघि उनले दिल्ली डेयरडेभिल्स (अहिलेको दिल्ली क्यापिटल)बाट पनि खेलेका थिए । 


सुरेश रैना 

चेन्नेई सुपर किंग्सका यी खेलाडीले अहिलेसम्म ७७.७ करोड भारू कमाइ गरिसकेका छन् । यसअघिको सिजनमा उनी गुजरात लायन्सका क्याप्टेन थिए ।

 
युवराज सिंह 

अलराउन्डर युवराज सिंहले आइपिएलमा आफ्नो कमाल देखाउन नसके पनि पैसा कमाउने मामलामा भने उनी अगाडि नै छन् । 

किंग्स इलेभन पञ्जाव, दिल्ली डेयरडेभिल्स, पुणे वारियर्सका तर्फबाट आइपिएल खेलिसकेका उनले अहिलेसम्म ८३.६ करोड भारू कमाइसकेका छन् । अहिले उनी मुम्बई इन्डियन्सको टिममा छन् ।  


विराट कोहली 

क्रिकेटमा अनेकौं रेकर्ड बनाउन सफल भए पनि उनी आइपिएलमा कमाई गर्नेको सूचीमा चौथो नम्बरमा छन् । उनले अहिलेसम्म ९२.२ करोड भारू कमाइ गरिसकेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लौरबाट खेलेका छन् । उनी यो टिमका कप्तान पनि हुन् । 


गौतम गम्भीर 

आइपिएलमा शीर्ष कमाई गर्ने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्, गौतम गम्भीर । उनले अहिलेसम्म ९४.६ करोड भारू कमाइ गरिसकेका छन् । यिनकै क्याप्टेनसिपमा कोलकाता नाइट राइडर्सले दुई पटक च्याम्पियन बनेको थियो । पछिल्लो संस्करणमा उनी दिल्ली डेयरडेभिल्सको टिममा थिए । 


रोहित शर्मा 

आइपिएलमा कमाई गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्, मुम्बई इन्डियन्सका क्याप्टेन रोहित शर्मा । उनले अहिलेसम्म १०६.१ करोड भारू कमाई गरिसकेका छन् । उनको नेतृत्वमा मुम्बईले तीन पटक ट्रफी उचालिसकेको छ । यसअघि उनले डेक्कन चार्जरका लागि पनि खेलेका थिए । 


महेन्द्र सिंह धोनी 

आइपिएलमा सबैभन्दा बढी कमाई गर्ने खेलाडी हुन्, महेन्द्र सिंह धोनी । उनले अहिलेसम्म आइपिएलबाट १०७.८ करोड भारू कमाइ गरिसकेका छन् । चेन्नई सुपर किंग्सका क्याप्टेन समेत रहेका उनले पुणे सुपरजाइन्टको तर्फबाट पनि खेलेका थिए । उनको नेतृत्वमा चेन्नई तीन पटक च्याम्पियन भएको थियो ।  

स्राेत ः अमर उजाला