निषेधाज्ञा अटेर गर्ने कारवाहीमा

निषेधाज्ञा अटेर गर्ने कारवाहीमा

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २३, २०७७


बाँके । नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफँै फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थाल्नुभएको छ ।
 
यसै क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ । केहीलाई क्वारेन्टिन पठाइएको प्रहरी प्रमुख रानाले जानकारी दिनुभयो । निषेधाज्ञाको अटेरी गर्ने पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रमण रोग नियमन उल्लङ्घन ऐनअन्तर्गत रु १०० जरिवाना लिएर छाडिएको छ ।