कोरोना सङ्क्रमित पाँच सय

कोरोना सङ्क्रमित पाँच सय

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण २३, २०७७

बाँके । नेपाल–भारत सीमा नाका जोडिएको यस जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकोे सङ्ख्या ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके जिल्लाका ४९८ र अन्य जिल्ला घर भई बाँकेमा कार्यरत चारसहित जिल्लाभित्र सङ्क्रमित हुनेको सङ्ख्या ५०२ पुगेको जानकारी दिइएको छ ।

तीमध्ये विभिन्न क्वारेन्टिनमा २१३ रहेका छन् । दुई जनाको ज्यान गइसकेको छ । तीन सय ९८ जना कोरोनामुक्त भई घर गएका छन् । अब विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका चार गरी १०२ जना उपचाररत रहेको  जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले राससलाई बताउनुभयो । 
 
स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइसोलेसन सेन्टर आदर्शनगर नेपालगञ्जबाट नेपालगञ्ज–११ र १२ का ४० र १८ वर्षीय दुई पुरुष र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट कोहलपुर–९ का २१ र २७ वर्षीया दुई महिला कोरोनामुक्त घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।