हुम्लाका विद्यालय सञ्चालनमा

हुम्लाका विद्यालय सञ्चालनमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण २३, २०७७

हुम्ला । सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । बिहीबारदेखि विद्यालय सञ्चालन भएका छन् ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएको बताउनुभयो । अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उहाँले बताउनुभयो  ।