चार ठाउँमा नयाँ डिपो

चार ठाउँमा नयाँ डिपो

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २५, २०७७

जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो । यसभन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो ।

बाढीपहिराबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ । पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ । 

त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन् । अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो । सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए । अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । सबै डिपोमा चामल तत्काल पु¥याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ ।