सुन तोलाको ९ सय सस्तो
श्रावण २५, २०७७

काठमाडौँ – आज साउन २५ गते आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९ सय रुपैयाँ सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ तथा तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैया बढेको छ । चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।