गाँजासहित एक पक्राउ

गाँजासहित एक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २६, २०७७

सिरहा । सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका १० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका १६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो । 

बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शङ्का लागेर जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिनुभयो ।